७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

सौगात–सृष्टि फेरि एकसाथ, ‘दाइ’ सम्बोधनको चर्चा

एक समय नेपाली फिल्म उद्योगकै चर्चित जोडी मानिएका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ लामो अन्तरालपछि फेरि एकसाथ पर्दामा फर्किँदैछन्।  

झन्डै सात वर्षसम्म सम्बन्धमा रहेका यी दुईबीच विवाहसम्मको चर्चा चलेको थियो। तर ब्रेकअपपछि उनीहरूबीच न पर्दामा सहकार्य भयो, न सार्वजनिक रूपमा खासै देखिए।

तर समयसँगै सम्बन्धमा आएको परिवर्तनले फेरि नयाँ गसिप जन्माएको छ। पछिल्लो समय उनीहरूबीच प्याचअप भइसकेको चर्चा चलिरहेका बेला, दुवैको शीर्ष भूमिका रहेको फिल्म ‘भाइरल गोर्खे’ प्रदर्शनको तयारीमा छ। यही फिल्ममार्फत उनीहरूले पुनः सहकार्य गरेका हुन्।

फिल्मको प्रचारका क्रममा आयोजित पत्रकार सम्मेलनमा सौगात–सृष्टिको व्यक्तिगत सम्बन्ध फेरि चर्चाको केन्द्र बन्यो। यसअघि ट्रेलर सार्वजनिक कार्यक्रममा सृष्टिले सौगातलाई ‘दाइ’ भनेर सम्बोधन गरेपछि सामाजिक सञ्जालमा उनी ट्रोलको निशाना समेत बनेकी थिइन्।

सोमबारको प्रेसमिटमा यसबारे स्पष्ट पार्दै सृष्टिले भनिन्, ‘कार्यक्रममा पत्रकारले ‘सौगात दाइसँग काम गर्दा कस्तो अनुभव भयो?’ भनेर सोध्नुभएको थियो। त्यही फ्लोमा ‘दाइ’ भन्न पुगेछु। जानेर भनेको होइन। उहाँलाई म सधैं सौगात नै भन्छु। त्यो टङ स्लिप थियो।’

त्यति मात्र होइन, सृष्टिले पत्रकार सम्मेलनमै सौगाततर्फ हेर्दै माफीसमेत मागिन्। तर सौगात भने यस विषयलाई सहज रूपमा लिएको बताउँछन्।

‘उहाँले ‘दाइ’ भन्नु टङ स्लिप हो भन्ने मलाई थाहा थियो,’  सौगातले भने, ‘अरूले कुरा गर्ने मौका पाए भन्ने पनि बुझ्थें। यो सामान्य कुरा हो, मेरो पनि कहिलेकाहीँ टङ स्लिप हुन्छ।’

एक समय प्रेम, ब्रेकअप, दूरी र अहिले पुनः सहकार्य सौगात र सृष्टिको सम्बन्धले फेरि दर्शकको चासो तानेको छ। अब उनीहरूको पुनर्मिलनले पर्दामा कस्तो केमेस्ट्री देखाउनेछ, त्यो हेर्न दर्शक प्रतीक्षामा छन्।

निगम श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘भाइरल गोर्खे’ माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

प्रकाशित: २३ पुस २०८२ १८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App