११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘प्रहरीले प्रतिशोध साँध्यो’

प्रहरीले राउतलाई मंगलबार सिरासतमुक्त गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले ४ दिन हिरासतमा राख्न अनुमति दिए पनि छिट्टै मिलापत्र गराई छाड्ने तयारी गरेको परिसरले बताएको छ।

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। सोमबार बिहान प्रहरीमा उपस्थित भएकी राउतलाई महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद थपका लागि सरकारी वकिल मार्फत जिल्ला प्रशासनमा अनुरोध गरेको थियो।

महरालाई थप ५ दिन थुनामा राख्न अनुमति

जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि थप ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ।

सांसद साहलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई जिल्ला अदालत धनुषाले अनुसन्धानका लागि चार दिनका लागि म्याद थप गरेको छ म्याद थप पछि साहलाई पुनः जिल्ला प्रहरी कर्यालय धनुषाको हिरासत कक्षमा राखिएको छ

आलम सात दिन हिरासतमा : घटना लुकाउने प्रयास असफल

जिल्ला अदालत रौतहटले २२ जनाको हत्या गरेको आरोपमा आइतबार पक्राउ परेका महम्मद आफताब आलमलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

बाँसगढीमा पूर्णहिरा मावि उत्कृष्ट

औसत जिपिएमा बाँसगढी नगरपालिकाले गरेको छनोटमा पूर्णहीरा माध्यमिक विद्यालय लक्षमणा उत्कृष्ट भएको छ । संविधान दिवसको अवसरमा बाँसगढी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा पूर्णहीरा मावि उत्कृष्ट भएको घोषणासहित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट भएबापत विद्यालयका प्रधानाध्यापक गोपाल सुवेदीलाई एक लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरियो ।

मैलुङ–स्याफ्रु सडक खुल्यो

वर्षाका कारण दुई महिनादेखि अवरुद्ध मैलुङ–स्याफ्रु सडक मंगलबारदेखि खुलेको छ। बेत्रावतीदेखि छोक्कलसम्मको पहिरो हटाउनुका साथै खोलामा ह्युमपाइप राखिएपछि सडक खुलेको हो। शनिबारदेखि मर्मत भएको सडक खुलाउन सफल भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

थापाकाे 'हिरासत' चिरायु अस्पताल

पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालमा भर्ना भएका हुन्। ‘केही दिनदेखि उहाँ हाम्रो अस्पतालमा उपचारका लागि आउनुभएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘उहाँको उपचार भइरहेको छ।’

जाजरकोटको पहिरो, जसमा एकै परिवारका तीनले ज्यान गुमाए (तस्बिर सहित)

भेरी नगरपलिका २ तिमिलेमा गएरातीको अबिरल बर्षाका कारण घर भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

पहिरोमा परी एकको मृत्यु

साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ। शनिबार साँझ अलैँची गोडेर घर फर्कंने क्रममा बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रवि लामिछाने सहित तीनलाई पाँच दिन थुनामा राख्न अनुमति

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनको लागि पक्राउ परेका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जुँगुका पहिरो पीडितलाई कांग्रेसको राहत

कांग्रेसका जिल्ला सभापति रुद्र खड्का र गाउँपालिका समिति सभापति श्याम सुन्दर लामाले पहिरोमा परी वेपत्ता भएका निशान खड्का र जगतबहादुर खत्रीको परिवारलाई १५ हजारका दरले नगद राहत हस्तान्तरण गरे।

बहिरा विद्यालयका सहयोगी मृत भेटिए

गोरखा नगरपालिका–१० स्थित मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयका सहयोगी (भान्से) स्थानीय श्यामहरि घिमिरे (५०) मृत भेटिएका छन्।

सडकले निम्ताएकाे जाेखिम

सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा पहिरो खस्दा गाउँ नै जोखिममा परेको छ। असारमा डोजरले खनेको सडकको कारण पहिरो खस्दा ६ घर विस्थापित भएका छन् भने करिब २५ घर जोखिममा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्