२२ वैशाख २०८१ शनिबार
image/svg+xml

हवाईजहाजको यात्रा, कुइरोले छेकिंदा ...!

हाम्रो सिट फरकफरक स्थानमा थियो तर एयरहेस्टेल आन्टीले एकै ठाउँमा राखिदिनुभयो । मैले पनि हामीलाई एकै ठाउँमा राखिदिन पहिल्यै अनुरोध गरेकी थिएँ । आखिर सोचेजस्तो नै भयो । कुहिरोले आकाश ढाकेका कारण हामीले तलको कुनै दृष्यहरू देख्न पाएनौ । हामीलार्ई खल्लो महसुस भयो । मैले सोचेकी थिए– आकाशबाट तल हेर्दा खोलानाला, पहाड, जंगल र बस्तीहरूको अवस्था कस्तो देखिदो हो । मनमा जिज्ञासा जागेको थियो । तर, कुहिरोले मेरो रहर पूरा हुन दिएन ।

सौतेनी छोरो

रोदनले राम्ररी पढ्दै गएर घरमा बेला बेलामा सौतेनी आमालाई काममा सघाउने गर्न थाल्यो । बुढेसकालमा धेरै पढेर ठूलो मान्छे बनेर रोदनले आफ्नो बुबा र सौतेनी आमालाई हेरचाह गर्‍यो । आफूले जन्माएको छोरा सचिनले भन्दा सौतेनी छोरा रोदनले नै धेरै हेर्ने गरियो रुक्मिणीलाई । रुक्मिणी पछुताइन् पनि ।

मेरो प्यारो सानो भाइ

सानै छन् राम्रो –नराम्रो छुट्ट्याउन जान्दैनन् जिद्धी नगर भनेको कहिलेकाहीँ मान्दैनन् । उनलाई दुखे कतै दुख्छ मनभित्र आँखाभरि छाइरहन्छ हाँसेकै ती चित्र । उनी बढून्, शिखर चढून् यही सोच्छु मैले मेरा मनका कुराहरू।

बालक र पुस्तक

पुस्तकले विभिन्न कुराको ज्ञान दिन्छ । बालमनोविज्ञानअनुसार उनीहरु आफूलाई वयस्कजस्तै सम्झन्छन् । उनीहरूलाई अरूले सानो, केटाकेटी, नजान्ने भनेको मन पर्दैन । उनीहरू आफू पनि बाबुआमाजस्तै जान्ने–सुन्ने र उनीहरूकै हाराहारमिा भएको सम्झन्छन् । मित्ररूपी किताबबाट नै उनीहरू यस्ता धेरै कुरा सिक्छन् । ठूलाबडाले दिएको अर्ती–उपदेशभन्दा उनीहरू किताबमा लेखकले दिएका अप्रत्यक्ष नैतिक सन्देशको पालना चाँडै गर्छन् । त्यही कुरा प्रत्यक्ष रूपमा उनीहरूलाई भन्दा उनीहरूको अहम्मा धक्का लाग्ने सम्भावना हुन्छ । यसरी हेर्दा पनि पुस्तक बालकको असल मित्रका रूपमा देखा पर्छ ।

ज्ञानी कोरोना

एकदिन सबैजना खाना खादै गर्दा खुसी हुदै उसले भनी, ‘होकि बाबा यो कोरोना कति ज्ञानी रहेछ । ’ अचम्म मानी सबैले एकसाथ सोधे, ‘किन र ?’ ‘किन नि, ऊ आएर त हो बाबा घरमा बस्न पाउनुभएको । मैले बाबासंग खेल्न पाएको । मलाई त कोरोना कस्तो मन परयो ।’ उसको यस्तो अबोध कुराले सबैको एकसाथ हाँसोको फोहरा छुटयो । सबै हाँसोको देखेर सिरिन अचम्म मानी सबैलाई पालैपालो हेर्दै थिई ।

प्रेमिल बाल्यकाल

झाडीबाट बाहिर आएपछि वनमाराको झारको रस निकालेर मेरो शरीरमा दल्नुभयो बुबाले । त्यस रात पीडाले होला सायद मलाई हल्का ज्वरो आयो । भोलिपल्टदेखि ज्वरो पनि आएन । बुबाले मेरो शरीरमा दल्नुभएको त्यो वनमाराको झार त ठूलो औषधि रहेछ ।

जस्तालाई तस्तै ढिँडालाई निस्तै

एउटा सर गएर अर्को सर आउने समयका बीचको खालि ठाउँ पनि कम महत्वपूर्ण हुँदैन । आज सुमनले रमनमाथि बुद्धिबलको नयाँ प्रयोग पनि त्यही बेला गरिदिएछ । रीता फर्किंदा रमनका हातबाट रगत बगिरहेको थियो । अरू केटाकेटी उसलाई घेरेर ताली बजाउँदै बेसमारी हाइहाईहुइहुई गरिरहेका थिए । तिनीहरूकै बीचमा उभिएर सुमनचाहिँ मुसुमुसु मुस्काइरहेको थियो । अर्को सर आइहाल्नुभएकोले कुरा सामसुम भयो । तर, रीतालाई भने अत्यन्त खुलदुली लाग्नु स्वाभाविक थियो । सरीताले बताएर उनको खुलदुली शान्त पारिदिइन् ।

आत्मीयता

साथीले किन नसक्नु भनेर उसलाई चाहिने जति पैसा दियो र मोहनले औषधि किनेर लग्यो । केही दिनपछि आमालाई अस्पतालबाट डिस्चार्ज गरी मोहनले आफ्नो गाउँमा लग्यो । गाउँमा पुगेपछि उसकी आमाको स्वास्थ्य पनि राम्रो हुँदै आयो । “मेरो साथीले पैसा सापटी नदिएको भए ठूलो आपत आइपुग्ने थियो” उसले साथीको गुन सम्झ्यो । त्यसपछि धेरैलाई भन्न थाल्यो– मान्छे रगतले मात्र आफ्नो हुने होइन आत्मीयताले चाहिँ आफ्नो बन्न सक्छ ।

हाँस्यो हात्तीको छावा

– त्यसरी नरिसाऊ न न । उनीहरू पनि तिमी जस्तै केटाकेटी छन् क्या । जिस्केर भनेको पनि हुन सक्छ । हेर त हामीलाई देखेर उनीहरू कति खुसी भएका छन् । भोलिपर्सि ती केटाकेटीहरूले धेरै पढेर भेटनरी डाक्टर बने भने हामी बिमारी पर्दा उनीहरूले नै उपचार गर्छन् नि भनेर माउ हात्तीले छावालाई संझाइन् ।

एउटा कच्चा डिस्कभरी

एक मिनेट नहुँदै म सडकको डिलमा आइपुगेँ । तर, हावा घटेन र त्यसले त जंगलतिर पो लान थाल्यो । त्यसो गर्दा त त्यसले जता पनि लान सक्ने भयो, फेरि टिमाईतिरै लान पनि सक्ने भयो । अब के गर्ने ! अहिलेसम्म नआत्तिएको मन आत्तियो तर मैले आत्तिन दिइनँ । सरले भनेको ‘आत्तिएपछि मनले ठीकसँग काम गर्न सक्तैन,’ सम्झिरहेँ । अनि अर्को फस्ट एड सिकाउने सरले भनेको ‘उपाय कहिल्यै सकिँदैन’ पनि सम्झिएँ । साँच्चै मेरा मनमा उपाय आइहाल्यो । गाउँको सोझी पुग्नेबित्तिकै खुर्पाको चुच्चाले एउटाचैँ पाता तान्नेबित्तिकै पंखा त अपांगजस्तै भैगयो र झर्न थालिहाल्यो । बस्, म बिस्तारै जेठा साहुको आँगनमा ओर्लिएँ ।

बाबाको डायरीमा आश्मा

बाबाले लेख्नुभएको रहेछ यदि आश्माजस्ती छोरी भएकी भए म कति खुसी हुन्थेँ होला । म अरूलाई उज्यालो बाँड्दै हिँड्छु । मेरै घर भने अँध्यारो छ । सक्षम सप्रिएन भने हामी बाँच्नु बेकार छ । यस्तैयस्तै लेखिएको रहेछ ।

उड्न सिकाइदेऊ

मलाई पनि माथिमाथि उड्न सिकाइदेऊ, चिलबाजहरूस‘ग जझ्नु सिकाइदेऊ । लिई उड मलाई पनि करयाङकुरुङ चरी, जुनमाथि पुरयाएर कुद्न सिकाइदेऊ ।रोबटको यान जस्तो आकाशमा बोकी, मङ्गलमा उतारेर गुड्न सिकाइदेऊ ।

कंशको मृत्यु

बाटामा जाँदै गर्दा एउटा आकाशवाणी भयो । कंशको मृत्यु बहिनी देवकीको आठौँ गर्भको सन्तानको हातबाट हुने छ । त्यसबेला कंशलाई आफ्नो मृत्यु डर भयो । उसले तुरन्त एउटा उपाय सोच्यो । देवकीका सन्तान जन्मनबित्तिकै खत्तम गर्ने कंशको योजना बनायो । यसका लागि बहिनी, ज्वाइँ दुवैलाई आफ्नै निगरानीमा राख्ने भयो । अनि देवकी र वासुदेवलाई कडा सुरक्षाका साथ जेलमा थुनेर राख्यो ।

अँध्यारो जंगलभित्र

ल आइज खाए खान्छ म अघि अघि लाग्छु तँ पछि पछि लाग । खाए मलाई नै खान्छ । तँ भाग्लास् भयो भनेर मने अघिअघि गयो । धने मनेको पछिपछि लाग्दै गयो । दुवै जना घुम्दै गए । आहा जंगल त सारै रमणीय रहेछ ! एकातिर कोइलाका को हो – को हो कराएको सुनियो अर्कोतिर काफल पाक्यो – काफल पाक्यो कराएको आवाज आइरहेको छ । कतै पोखरा जाऊँ– पोखरा जाऊँ भनेको सुनिएका छ

आफ्नो गाउँ आफैं बनाऊँ

गाउँमा बिस्तारै हरियाली छाउन थाल्यो । खुशी र उमंगको लहर पनि चल्न थाल्यो। एक आपसमा भातृत्व र स्नेहको अनुभूति बढेर आयो । बिस्तारै गाउँको रूपरेखा बदललिंदै गयो । गाउँ विकसित हुँदै गयो र नमुना गाउँमा परिणत भयो।अनि जिल्लाका गाविसहरूमध्ये उत्कृष्ट ठहरियो र पुरस्कृत पनि भयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्