५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

मेरो प्यारो सानो भाइ

बालकविता

ललिता दोषी  

 

मनका कुरा  

ठुस्केर बसेका छन्  

मेरो प्यारो सानो भाइ  

हुर्रहुर्र गर्दै खेलून्  

आँगनीमा फेरि आई ।

 

सानै छन् राम्रो –नराम्रो

छुट्ट्याउन जान्दैनन्

जिद्धी नगर भनेको  

कहिलेकाहीँ मान्दैनन् ।

 

उनलाई दुखे कतै  

दुख्छ मनभित्र  

आँखाभरि छाइरहन्छ

हाँसेकै ती चित्र ।

 

उनी बढून्, शिखर चढून्  

यही सोच्छु मैले

मेरा मनका कुराहरू

बुझ्लान् तिनी कहिले ?

प्रकाशित: २९ मंसिर २०७७ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App