५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

महिमाको महिमा

महिमाले गुरुआमासंग सर्लक्क कुरा राखिन् । गुरुआमाले पुरापुर समर्थन गरेर भन्नुभयो– बधाई छ तिमीलाई । तिमी अब किशोरावस्थामा पदार्पण गर्यौ । अब यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्ने कुराहरू छन । तिमीले पालन गर्नुपर्छ । भएसम्म प्याडको प्रयोग गर्नुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ तर आफ्ना दैनिक कार्य गर्नबाट रोकिन जरुरी पर्दैन । हाम्रो समाजमा अनेक अन्धविश्वासी कुरा गरेर नचाहिँदा चलन चलाएको देखिन्छ । यो भ्रम हो । तिमीहरू जस्ताले नयाँपन ल्याउन कोसिस गर्नुपर्छ ।महिमाले कुरा बुझिन । ऊ रमाउँदै घर गइन् ।

तातो पानी खान्छु म

तातो पानी खान्छु म घरमै बस्छु पढ्छु म साइनो लेख्छु रमाउँछु । साना हामी बालक पढ्ने लेख्ने रहर छ असल बालक बन्नु छ । मित्र उत्साह थप्छन् शिक्षक चेतना थप्छन् बाआमा जिम्मेवारी थप्छन् ।

आछु..छु..छु..कस्तो जाडो ?

आछु..छु..छु..कस्तो जाडो ? कता लुक्ने हो ? मकलमा फेरि अब, आगो फुक्ने हो ! लुगामाथि लुगा लाउने, कति धेरै हो ! टोपी, पञ्जा, जुत्ता, मोजा सप्पै मेरै हो ? आछु..छु..छु..कस्तो चिसोे ? पानी धाराको !पानी हैन.. ! हिउँ हैन.. ! अर्कै पाराको ! नुहाऊँ कि, फोहरी भै बसिराखूँ म ? हैन ! हैन ! तातोपानी ठिक्क पार न !

नयाँ पुस्तक बालउद्यान

बालबालिकाको बहुआयामिक पक्षलाई समेटेर लेखिएको पुस्तकमा बालबालिकाको सर्वाङ्गीण विकासमा अभिभावक र शिक्षकको जिम्मेवारीपूर्ण दायित्व हुने र उनीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने यथार्थलाई उदाहरणसहित विश्लेषण गरिएको छ । त्यसपछि समाज र राज्यको पनि उत्तिकै दायित्व हुने कुरालाई पनि संकेत गरिएको छ ।

कृष्णको प्रेम

कृष्णले त्यस्तो नमिठो कडि मिठो मानेको देखेर मधुमगंल रुन थाल्यो । त्यसपछि भगवानले मधुलाई सम्झाउँदै भन्नुभयो, ‘साथी, तिमीले मप्रति गरेको जुन प्रेम छ त्यही नै ठूलो कुरो हो । मेरो प्रेम नगर्ने भए तिमी यसरी घर गएर कढि खोजेर ल्याउने नै थिएनौं । त्यसैले तिम्रो प्रेमपूर्वक भावनाले भरेको यो कढि मलाई असाध्य मिठो भएको हो, बुझ्यौ ।’

कुखुरी काँ

कुखुराले भन्यो, “तिम्रो ममुले तिमीलाई खुवाउन भनेर थुप्रै अण्डा राख्नुभएको थियो । तिमीहरू जाने बेला जाडो थियो । पछि गर्मी महिना सुरु भयो । त्योमाथि भान्साको एसी अन थियो । बाहिरको गर्मी र भित्रको एसीले गर्दा अण्डाबाट चल्ला निस्कने तापक्रम पुग्यो । हामी खुसी भयौँ । केही समयपछि सबै अण्डा बिस्तारै चल्लामा परिणत भयौँ । कस्तो लाग्यो मेरो कुरा ?”

फूल फुल्छ बारीमा

फूल फुल्छ बारीमा बिजुली लुक्छ पानीमा जीवन फुल्छ पढाइमा । अभ्यासमा लाग्छु म घुम्ने हो मैले चन्द्रमा संसार घुम्छ नेपालमा ।

फुलिरहेकै छ श्रद्धाको फूल !

अहिले म पनि शिक्षणमै छु । एक जना विद्यार्थीमा शिक्षकको डरको प्रभाव कत्तिसम्म पर्दो रहेछ भन्ने कुरा म बुझ्दै छु । शिक्षण सिकाइ रमाइलो वातावरणमा गर्नुपर्दछ । डर, त्रास र भयको वातावरणमा शिशुहरूले सिक्न ज्यादै कठिन हुने कुरा मैले पछि बुझें । यति हुँदाहुँदै पनि ती दुवै गुरुप्रति मेरो मनमा अहिले फुलिरहेकै छ श्रद्धाको फूल ।

त्यसपछि कहिल्यै माछा मार्न गइएन

धन्न उसको हात सर्पको घाँटीमै परेको रहेछ र बच्यो । अन्त परेको भए.....! हाम्रो हंसले ठाउँ छोड्यो । एकछिन त हामी तीनजना निशब्द भयौं । अब माछा मार्ने कुरै भएन । त्यहाँबाट हामी घर फक्यौं । जहिले पनि गफ गर्दै रमाउने हामीहरू बाटाभरि केही बोलेनौ । हाम्रो ओठमुख सुकेका थिए । धन्न, साथीलाई सर्पले टोक्न भ्याएन । त्यो दिनदेखि खेतका कुलामा कहिले पनि माछा मार्न गइएन । धान काट्ने समय आउँदा अहिले पनि म त्यो क्षण भलझली सम्झने गर्दछु ।

अर्को संसारको कल्पना

सौर्यमण्डल बाहिर जीवनको चिन्हको खोजीमा लागेका वैज्ञानिकले यो रहस्य कहिलेसम्म पत्ता लगाउन सबैको कौतुहलको विषय रहेको सरले बताउनुभयो । संयोग र सहनाले विभिन्न खोज अनुसन्धानबाट यो कुरा छिट्टै पत्ता लाग्ने बताए । अन्य साथीहरू पनि उनीहरूको नयाँनयाँ कुराले आफूहरूले धेरै कुरा थाह भएको बताए । सरले पनि संयोग र सहनालाई अझ नयाँनयाँ कुराका लागि हौसला प्रदान गर्नुभयो

खल्लो दसैं

पहाडमा यतिबेला अम्बक पाउने सिजन हो । बाले मलाई राम्रोसँग पाकेको अम्बा ल्याइदिनुहुन्थ्यो । पहाडको अम्बक साह्रो गुलियो हुन्छ । हाम्रो बारीको छेउमा एउटा खन्यूको बोट छ । त्यसमा फल फल्छ त्यो अति नै मीठो छ । त्यो पनि यस वर्ष मैले खान पाइनँ। लामपुछ्रे चराले मेरो भाग पनि रमाईरमाई खायो होला ! 

कोरोना भगाउँ है त यसपालि

ताली ताली ताली पड्काउँदै हामी कोरोना भगाउँ है त यसपालि ।मुखमा मास्क लाउँछौं टाढाटाढा बस्छौं साबुन र पानीले हातमुख धुन्छौं ।अहिलेको तिहार होसियार भएर मनाउछौं हामी दिदीभाइ मिलेर ।

छोराको भविष्य

‘तैंले मलाई प्रहरी थानामा लैजान सक्छस् भने लैजा के म तँसँग डराउछु र’ बुबा मदनकृष्णले भने । ‘म आजै हजुरलाई प्रहरी थानामा लैजान्छु । जाँडरक्सी खानुभएको देखे भने’ भन्यो । उसको बुबाले अबदेखि म कहिल्यै जाँडरक्सी खान्न भनेर मनमनै भन्यो र त्यस दिनदेखि जाँडरक्सी खान छाड्यो । मदनकृष्णको छोरा प्रहरीमा जागिर खाएपछि बल्ल मदनकृष्णले जाँडरक्सी खान बन्द गरयो ।

अमेरिकी र नेपाली बच्चा हुकाईमा के फरक छ ?

नेपालमा जिन्दगीभरि बाबुआमाले बच्चालाई टेवा दिन्छन् । उच्च शिक्षा र त्योभन्दा पनि माथिको शिक्षामा पनि बाबुआमाले सहयोग गर्छन् । त्यसकारण बच्चाहरू अर्काको भर पर्ने खालका हुन्छन् । नेपालमा बच्चाले आमाबाबुको सम्पत्तिमा अंश पाउँछन् । जसले अंश मुद्दाको बढोत्तरी गरेको हुन्छ । यसबाट बच्चा सधैँ परनिर्भर हुन्छ । बच्चाले सानै उमेरदेखि चुरोट र रक्सी खाए पनि त्यसलाई रोक्ने कुनै निकाय छैन ।

फलफूल महिना

असोज कात्तिक कटुस ज्यामिर फल्छ सुन्तला बोक्रैसँग खान मीठो मेल र मुन्तला कात्तिक मंसिर भोगटे र धान झुलेको एभोगाड र हलुवावेद किवी फलेको । फागुन चैत किम्बु चुत्रो बेरी पाक्न थाल्छ वसन्तको हावा चली पाउलो फेर्न लाग्छ चैत वैशाख खरबुजो र अंगुर बजारमा बाह्रै महिना फल्छ केरा हाम्रो गाउँ घरमा ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्