अरुणबहादुर खत्री नदी
मदनकृष्णको छोरा निर्मल र नरेश दुई र तिन कक्षामा पढ्ने अनुशासित बालक थिए । उनीहरू विद्यालयबाट घर पुग्नेबित्तिकै लुगा फेरेर खाजा खान्थे । अनि हतारहतार गरेर विद्यालयमा दिएको गृहकार्य गरेर सक्दथे । उनीहरूको घरमा दुहुनो गाई र भैंसी पनि पालेको थियो । गाई र भैैंसीलाई उनीहरूको आमाले जंगलबाट घाँस ल्याएर खान दिनुहुन्थ्यो । बिहानको खाना खाएर उनीहरू विद्यालयमा पढ्न गएपछि आमाले गाई र भैंसीलाई जंगलमा चराउन लैजाने गर्नुहुन्थ्यो । उनीहरूको बुबा मदनकृष्णलाई भने घरको र आफ्ना छोराहरूको पटक्कै पिर लाग्दैनथ्यो । दिउँसै जाँडरक्सी खाने भट्टीभित्र पुगेर जाँडरक्सी खाने गर्दथ्यो । जाँडरक्सी खाएको पैसा भने बाँकी राख्ने गर्दथे ।
एकदिन निर्मल र नरेश आमासँगै जंगलमा गाई र भैँसी लिएर चराउन पुगे । जंगलमा पुगेपछि जंगलमा फलेका बयर कटुस निर्मल र नरेशले टिप्दै खाए । बयर र कटुस टिपेर खाएपछि ‘आमा, अबदेखि हामी पनि विद्यालयमा छुट्टी भएको दिनमा हजुरसँगै जंगलमा जान्छौ है । जंगलमा हजुरसंग जान पाएमा बयर र कटुस खान पाइँदो रहेछ’ खुशी हुँदै भने । ‘तिमीहरूलाई बयर र कटुस खान मन लाग्छ भने मैले नै टिपेर घरमा ल्याइदिन्छु नि । तिमीहरूको पढाइ बिग्रिन्छ नि’ आमाले भनिन् ।
‘हो आमा हामीले त धेरै पढ्नुपर्छ । हामी हजुरसँग जंगलमा गाई र भैसी चराउन गयौ भने हाम्रो पढाइ बिग्रिन्छ नि’ उनीहरूले भने । बेलाबेलामा उनीहरूलाई आमाले नै जंगलबाट जंगलमा फलेका खानेकुराहरू टिपेर ल्याइदिनुहुन्थ्यो ।
निर्मल र नरेशले राम्ररी पढ्दै गएर निर्मल नेपाली सेनामा र नरेश प्रहरीमा भर्ना भए । निर्मल र नरेशले जागिर खान थालेपछि उनीहरूको बुबा मदनकृष्णले भट्टीमा जाँड र रक्सी खाएको देखेर प्रहरीमा जागिर खाएको नरेशले आफ्नो बाबुलाई ‘बुबा तपाईले यो के गर्नुभएको ? जाँडरक्सी खाँदा तपाईलाई अरूहरूले राम्रो मान्छे भन्छन् र ! तपाईले जाँडरक्सी खाँदा हामीलाई पनि राम्रो मान्दैनन् अरूहरूले । अबदेखि जाँडरक्सी खानुभयो भने म तपाईलाई प्रहरी थानामा लगेर राख्छु’ भन्यो ।
‘तैंले मलाई प्रहरी थानामा लैजान सक्छस् भने लैजा के म तँसँग डराउछु र’ बुबा मदनकृष्णले भने । ‘म आजै हजुरलाई प्रहरी थानामा लैजान्छु । जाँडरक्सी खानुभएको देखे भने’ भन्यो । उसको बुबाले अबदेखि म कहिल्यै जाँडरक्सी खान्न भनेर मनमनै भन्यो र त्यस दिनदेखि जाँडरक्सी खान छाड्यो । मदनकृष्णको छोरा प्रहरीमा जागिर खाएपछि बल्ल मदनकृष्णले जाँडरक्सी खान बन्द गरयो ।
प्रकाशित: २२ कार्तिक २०७७ ०८:०५ शनिबार