१८ असार २०८१ मंगलबार
image/svg+xml
कला

फूल फुल्छ बारीमा

बालसाइनो

छायादत्त न्यौपाने 

 

        १)

बगैंचामा खेल्छु म

बोटमा पानी हाल्छु म

खेतीपाती गर्ने मान्छे म ।

 

      २)

साना हामी बालक

पढ्नेलेख्ने रहर छ

असल बालक बन्नु छ ।

 

       ३)

पढौं लेखौं रमाऔं

घरै सिकौं नयाँ कुरा

चुनौतीसँगै अवसर ।

 

      ४)

फूल फुल्छ बारीमा  

बिजुली लुक्छ पानीमा  

जीवन फुल्छ पढाइमा ।

 

        ५)

अभ्यासमा लाग्छु म

घुम्ने हो मैले चन्द्रमा

संसार घुम्छ नेपालमा ।

प्रकाशित: ४ मंसिर २०७७ ०९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App