५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

उड्न सिकाइदेऊ

बालगजल

त्रिलोचन ढकाल

 

 

मलाई पनि माथिमाथि उड्न सिकाइदेऊ,

चिलबाजहरूस‘ग जझ्नु सिकाइदेऊ ।

 

लिई उड मलाई पनि करयाङकुरुङ चरी,

जुनमाथि पुरयाएर कुद्न सिकाइदेऊ ।

 

रोबटको यान जस्तो आकाशमा बोकी,

मङ्गलमा उतारेर गुड्न सिकाइदेऊ ।

 

पत्रपत्र अन्तरिक्ष सारा घुमाइदेऊ,

सिधा अघि मात्र होइन मुड्न सिकाइदेऊ ।

 

त्यतातिर मेरी आमा गएकी पो छन कि?

खोजी न्यानो अँगालाोमा बुड्न सिकाइदेऊ ।

प्रकाशित: २० मंसिर २०७७ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App