५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

हवाईजहाजको यात्रा, कुइरोले छेकिंदा ...!

यात्रा

भावना पौडेल

 

मैले पहिलो चोटि हवाईजहाजको यात्रा गरे । मलाई हवाईजहाजको यात्रा कस्तो होला भन्ने कौतुहतला बढिरहेको थियो । बसको यात्रा र हवाईजहाजको यात्रामा के फरक होला मनमा उत्साह पनि थियो । यही मंसिर महिनामा कोभिडका कारण बसको यात्रा गर्न गाह्रो लागेको कारण झापाको चन्द्रगढीदेखि काठमाडौंसम्म हवाईजहाजको यात्रा गरे ।

पहिलो पटक यात्रा गरेको हुनाले केके गर्नुपर्छ भन्ने कुराको जानकारी थिएन । बाबाममीबिना हामी दिदीबहिनी मात्र यात्रा गर्दै थियौ । बहिनी कामना मभन्दा दुई वर्ष कान्छी छिन् । म उनको पनि अभिभावक भएर यात्रामा थिएँ । प्लेनमा पहिला हामी केटाकेटीलाई राखियो । केटाकेटी नअलमलियून् भनेर यसो गरिदो रहेछ । त्यो प्लाइटमा म र बहिनी मात्र साना केटाकेटी थियौ ।

हाम्रो सामान एक जना अंकलले लगेर पहिला नै राखिदिनुभयो । प्लाइट दिएको समयभन्दा आधा घण्टा ढिलो भयो । अब के होला भन्ने कुराले मनमा चिन्ता भइरहेको थियो । हामीलाई एयरपोर्टसम्म पुरयाउन मामा र हजुरआमा आउनुभएको थियो । उहाँहरूलाई एयरपोर्टभित्र पस्न दिएको थिएन । तसर्थ उहाँहरू बाहिर बसेर प्लेन उड्ने समयको प्रतीक्षामा हुनुहुन्थ्यो । काठमाडौंमा भने हामीलार्ई रिसिभ गर्न बाबाममी आउनुभएको थियो ।

आधा घण्टा ढिलो गरेर प्लेन उड्यो । कुहिरो लागेका कारण कुनै बेला पाइलटले प्लेनलाई तलमाथि गर्नुहुन्थ्यो । माथि गरेको बेलामा केही मात्र हल्लाएको महसुस गरे भने तल ल्याउने बेलामा झड्का दिएझैं लाग्थ्यो ।  थोरै डर र थोरै रमाइलो दुवैको पहिलो अनुभव गरे मैले ।

हाम्रो सिट फरकफरक स्थानमा थियो  तर एयरहेस्टेल आन्टीले एकै ठाउँमा राखिदिनुभयो । मैले पनि हामीलाई एकै ठाउँमा राखिदिन पहिल्यै अनुरोध गरेकी थिएँ  । आखिर सोचेजस्तो नै भयो । कुहिरोले  आकाश ढाकेका कारण हामीले तलको कुनै दृष्यहरू देख्न पाएनौ । हामीलार्ई खल्लो महसुस भयो । मैले सोचेकी थिए– आकाशबाट तल हेर्दा खोलानाला, पहाड, जंगल र बस्तीहरूको अवस्था कस्तो देखिदो हो । मनमा जिज्ञासा जागेको थियो । तर, कुहिरोले मेरो रहर पूरा हुन दिएन ।

हामीले बसमा यात्रा गर्दा लाग्ने पट्यारलाई भोग्नु परेन  । तर, दृष्य हेर्न नपाएको भने खल्लो लागिरह्यो । बसको यात्रामा बिहानको चिसोमा उठेर आँखा मिच्दै यात्रामा निस्कनुपथ्र्यो । तर, प्लेनमा त्यो हतारो भएन । बेलुकीपख पनि अबेर गरेर ल्याउँथ्यो त्यो समस्या पनि भोग्नु परेन । जे होस् यात्रा रमाइलो भयो ।

बसमा भए कहाँ पुग्यौ, खाना खायौ कि खाएनौ भनेर बाबाको कल आइरहन्थ्यो । प्लेनमा त्यो भएन । एकैपटक झरेर बाबाममीलाई आएपुगेका जानकारी दियौ । बाबाले ट्याक्सी तयार गर्नुभएको रहेछ । बाहिर आएर ट्याक्सी चढेर घर आयौ । पहिलो पटकको प्लेनको यात्रा रमणीय र आरामदायी रह्यो । आहा, प्लेनबाट देखिने दृष्य कस्तो हुन्थ्यो होला ? पापी कुहिरोले दृष्य छेकेर दिएको दुख भने मनमा रहिरह्यो ।  

प्रकाशित: ५ पुस २०७७ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App