९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

कंशको मृत्यु

कथा

स्नेह पोखरेल

 

मथुराका राजा उग्रसेनकी छोरी देवकी र छोरो कंश थिए । बहिनीको विहे धुमधामले भयो । कंशले बहिनीलाई असाध्य माया गथ्र्यो । जन्तीका लस्करका साथ विहे गरेकी बहिनीलाई घर पुर्‍याउन कंश पनि गयो । 

बाटामा जाँदै गर्दा एउटा आकाशवाणी भयो । कंशको मृत्यु बहिनी देवकीको आठौँ गर्भको सन्तानको हातबाट हुने छ । त्यसबेला कंशलाई आफ्नो मृत्यु डर भयो । उसले तुरन्त एउटा उपाय सोच्यो ।  देवकीका सन्तान जन्मनबित्तिकै खत्तम गर्ने कंशको योजना बनायो । यसका लागि बहिनी, ज्वाइँ दुवैलाई आफ्नै निगरानीमा राख्ने भयो । अनि देवकी र वासुदेवलाई कडा सुरक्षाका साथ जेलमा थुनेर राख्यो । 

उग्रसेनले छोरी ज्वाइँलाई त्यसरी थुन्दा विरोध गरे । बुबाले विरोध गर्दा उसलाई खप्नु भएन । त्यसपछि कंशले आफ्ना पिता उग्रसेनलाई पनि जेलमा थुनेर आफू राजा भयो ।

देवकी र वासुदेवका सन्तानहरू जन्मेनेबित्तिकै कंशले खतम गर्ने गथ्र्यौ । आफ्नै प्यारी बहिनी देवकी र वासुदेव जति रुँदा– कराउँदा पनि ऊ मतलबै गर्दैनथ्यो । उसलाई त खालि आफ्नो मृत्युको त्रास मात्र थियो । त्यसैले सातौ सन्तान जन्मनेबित्तिकै पछारेर मार्‍यो ।

आठौँ सन्तान कृष्ण भगवानको अवतार भएर जन्मनुभयो । भगवानको सुरक्षाको सबै बन्दोबस्त आफै भयो । त्यसैले कृष्णलाई सुरक्षित तरीकाले वृन्दावन पुर्‍यााइयो ।

यता कंशले देवकीको आठौँ सन्तान खतम गरेर ढुक्क हुने भएको थियो । तर देवकीको आठौँ सन्तान कृष्ण त वृन्दावनमा यशोधा र नन्द बाबाकामा नटखट गर्न पुगिसकेको थियो । कृष्णको बदला ल्याइएकी बालिका कंशले पछार्न नपाई स्वाट्ट उडेर बिलाइन् । त्यसैले उसको यो चाल असफल भयो ।

आफ्नो काल कृष्ण वृन्दावनमा सुरक्षित भएको कुरा थाहा पायो  । त्यसपछि त वृन्दावनका बालकहरू जति सबैलाई कंशले खत्तम गर्न लगायो । कंशले आफ्नो मृत्युको कारणले वृन्दवनमा दिन– प्रतिदिन अत्याचार बढाउाद्यै लग्यो । वृन्दावनवासीले कंशको हरेक अत्याचारको सामना गरिरहे ।

अत्याचारी कंशलाई खत्तम गर्न कृष्णजी मथुरामा आउनुभयो । अनि ११ वर्ष र ५२ दिन लगाएर कंशको अन्त्य गर्नुभयो । अनि जेलमा थुनिएका हजुरबुबा उग्रसेनलाई सिंहासनमा राखेर पुनः राजा बनाउनुभयो ।

कृष्णका जन्मदिने आमाबुबा देवकी र बसुदेव पनि जेलबाट निस्किए । अनि मथुरामा नै बढो उत्सवका साथ भगवान् कृष्णको ब्रतबन्ध गरिदिए । त्यसपछि आमाबुबाको आज्ञाअनुसार शिक्षादीक्षाका लागि कृष्ण जानुभयो । उज्जयन भन्ने ठाउँमा शान्दीपनी मुनिका आश्रममा रहेको गुकुलमा शिक्षादिक्षा लिन थाल्नुभयो ।  

प्रकाशित: १९ मंसिर २०७७ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App