१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया (Kailash Sirohiya) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  

जिल्ला अदालत धनुषाले नागरिकता दुरुपयोगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो।उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको धनुषा प्रहरीले जनाएको थियो। 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा समेत नेपाली कांग्रेसका बद्री पाण्डले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति आपत्ति जनाए ।  

उनको नाममा पक्राउ पुर्जी जारी गरेकोबारे धनुषा प्रहरीले समेत पुष्टि गरेको छ ।

१६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप लगाइएको छ । 

प्रकाशित: ८ जेष्ठ २०८१ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App