१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ पर्दै

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउको तयारी गरेको छ। 

धनुषा प्रहरी कार्यालयले जारी गरेको पक्राउ पुर्जी जारी गरेको आधारमा उनलाई पक्राउ गर्न लागेको हो।

उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुरको थापाथलीमा रहेको मुख्य कार्यालय पुगेको थियो।

यसअघि सिरोहिया पक्राउ पूर्जी बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। 

जिल्ला अदालत धनुषाले नागरिकता दुरुपयोगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो। उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको धनुषा प्रहरीले जनाएको थियो।

प्रकाशित: ८ जेष्ठ २०८१ १७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App