१६ असार २०८१ आइतबार
image/svg+xml
कला

सौतेनी छोरो

बालकथा

 अरुणबहादुर खत्री नदी

धनप्रसादकी श्रीमती मिनाको एउटा छोरो जन्मेको थियो । छोरोको नाम रोदन थियो । रोदन एक वर्षको हुंदा मिनाको मृत्यु भएको थियो । एक वर्ष पनि नबित्दै धनप्रसादले दोस्रो विवाह गर्‍यो । दोस्रो पटक विवाह गरेको श्रीमतीको नाम रुक्मिणी थियो । वर्ष दिनपछि रुक्मिणीले पनि छोरा जन्माइन् । छोराको नाम सचिन राखियो । सचिन जन्मदा रोदन दुई वर्ष नाघेको थियो । सचिन बढ्दै गयो । रोदन पनि ठूलो हुंदै गयो ।  रोदन ज्ञानी थियो । सचिनचाहि चकचके थियो । समय बित्दै गयो । रोदन र सचिन दुवै ठूला भए । दुवै छोरालाई स्कुलमा पढ्न पठाउनुपर्ने भयो । धनप्रसादले आफ्नी कान्छी श्रीमतीसंग छोराहरूलाई अब स्कुलमा भर्ना गरिदिनुपर्ने भयो भने । 

रुक्मिणी भने आफूले जन्माएको छोरा सचिनलाई स्कुलमा पढ्न पठाएर रोदनलाई स्कुलमा पढ्न पठाउन चाहन्नथिन् । धनप्रसादले चाहि दुवै आफ्नै छोरा हुन् दुवैलाई स्कुलमा पढ्न पठाउनुपर्छ नि भन्दथे । दुवै छोरालाई स्कुलमा पढ्न पठाउने विषयमा धनप्रसादको र रुक्मिणीको ठाकठुक झगडा पर्न थाल्यो । रोदन सौतेनी छोरा भएकोले  रुक्मिणीले रोदनलाई किन स्कुलमा पढ्न पठाउने भन्न थालिन् । रोदन आठ वर्ष पुगेपछि रोदनले सानीआमाले उसलाई हेला गरेको कुरा थाहा पायो । खाना समेत आफूले जन्माएको छोरा र सौताको छोरामा फरक हुन्थ्यो । अरुले खाएर बचेको र बासी खानाचाहि रोदनलाई रुक्मिणीले दिने गर्थिन् । अरुले खाएर बचेको खाना मात्रै रोदनले खान पाउथ्यो । बेलाबेलामा रुक्मिणीले रिसाएर रोदनलाई आँखा तरेर हेर्ने गर्थिन् । रुक्मिणीलाई रोदन आफ्नो छोरा सचिनसंग खेलेको पटक्कै मन पर्दैनथ्यो । रोदन सौतेनी आमाको व्यवहार देखेर छक्क पर्ने गथ्र्यो । सौतेनी आमाले त्यति हेला गर्लिन् जस्तो उसले ठानेको थिएन । रुक्मिणीले कहिलेकाही घरमा धेरै काम हुंदा रोदनलाई काममा जोताउने गर्थिन् । रोदनले कहिलेकाही घरमा काम नगर्दा रुक्मिणी गाली पनि गर्थिन् । रुक्मिणीले सचिनलाई नयाँ लुगा किनिदिइन् र स्कुलमा लगेर भर्ना  गरिदिइन् । सचिन राम्राराम्र्रा लुगा लगाएर स्कुलमा पढ्न जान थाल्यो । सचिनका साथीहरू पनि नयाँनयाँ लुगा लगाएर स्कुलमा पढ्न जान्थे । रोदन सधैं पुरानो लुगा लगाउनु परेकोमा नरमाइलो मान्थ्यो । 

धनप्रसाद रोदनलाई धेरै माया गर्थे । उनी रोदनलाई स्कुलमा भर्ना गरेर पढ्न पठाउन नपाएकोमा चिन्तित भए । सचिन भाइले पनि रोदन दाइलाई किन स्कुलमा पढ्न नपठाउनु भएकोे आमा भनेर सोध्ने गर्दथ्यो । सचिनले रोदन दाइलाई माया गथ्र्यो । बेला बेलामा उसलाई खानेकुरा लुकाएर दिने गथ्र्यो । तर सचिन साह्रै अल्छी स्वभावको थियो । पढ्न पनि गाह्रो मान्दथ्यो । एकदिन रोदनले सौतेनी आमासंग सचिनसंग “म पनि स्कुलमा पढ्न जान्छु नि आमा” भन्यो । रुक्मिणीले “तिमी स्कुल जानु पर्दैन तिमी घरमा बसेर मलाई काममा सघाउन चाहिन्छ नि तिमीलाई म स्कुलमा पढ्न पठाउन सक्दिन” भनिन् । रोदनलाई सचिन भाइ नयाँ लुगा लगाएर स्कुलमा गढ्न गएको आफू स्कुलमा पढ्न जान नपाएकोमा ठूलो पिर प¥यो । रोदनले एकहप्तासम्म सौतेनी आमासंग म पनि भाइसंग स्कुलमा पढ्न जान्छु भनेर जिद्धी ग¥यो । तर रुक्मिणीले रोदनलाई स्कुलमा पढ्न पठाइनन् । बाबुको राम्रो कमाइ पनि थिएन । बाबुले थोरै पैसा कमाए पनि कमाएको पैसा सौतेनी आमा रुक्मिणीले बुझ्ने गर्थिन् ।

कहिलेकाही सचिनका साथीहरू उसलाई भेट्न भनेर सचिनको घरमा पुग्ने गर्दथे । सचिनको घरमा पुगेपछि रोदनलाई देखेर “ऊ कुन स्कुलमा कति कक्षामा पढ्ने गर्छ नि ?”  भनेर साथीहरूले सोधे । “रोदन दाइ कुनै स्कुलमा पनि पढ्न जानुहुन्न दिनभरि घरमै बस्नुहुन्छ” सचिनले भन्यो । “तिम्रो रोदन दाइ किन स्कुलमा पढ्न नजानु भएको नि ?” सचिनको साथीले भन्यो । “रोदन दाइलाई मेरो आमाले स्कुलमा पढ्न पठाउनै मान्नु हुँदैन” सचिनले भन्यो । “तिम्रो रोदन दाइलाई पनि स्कुलमा पढ्न पठाउनुपर्छ नि स्कुलमा पढ्न पठाएन भने तिम्रो रोदन दाइको भविष्य बिग्रन्छ नि” सचिनको साथी हेमन्तले भन्यो । सचिनको आमाले छोराको साथीहरूलाई खाजा बनाएर ल्याउदा सचिनको साथी हेमन्तले “आमा हजुरले किन रोदन दाइलाई स्कुलमा पढ्न नपठाउनुभएको ?” भन्यो । “रोदन मेरो आफ्नो छोरा होइन सौतेनीको छोरा हो त्यसैले नपठाएको रोदनलाई स्कुलमा पढ्न” रुक्मिणीले भनिन् ।

“भोलिदेखि रोदन दाइलाई पनि हजुरले जसरी भए पनि स्कुलमा लगेर भर्ना गरिदिएर पढ्न पठाउनुहोला आमा” सचिनको साथीले भन्यो । सचिनको आमा रुक्मिणीले आँखाबाट आँसु झार्दै “हुन्छ म तिमीहरूको सल्लाह मानेर भोलि नै रोदनलाई स्कुलमा लगेर भर्ना गरिदिन्छु र स्कुलमा लगाउने नयाँ लुगा पनि हालिदिएर  तिमीहरूसंग पढ्न पठाउछु” भनिन् ।

रोदनले राम्ररी पढ्दै गएर घरमा बेला बेलामा सौतेनी आमालाई काममा सघाउने गर्न थाल्यो । बुढेसकालमा धेरै पढेर ठूलो मान्छे बनेर रोदनले आफ्नो बुबा र सौतेनी आमालाई हेरचाह गरयो । आफूले जन्माएको छोरा सचिनले भन्दा सौतेनी छोरा रोदनले नै धेरै हेर्ने गरियो रुक्मिणीलाई । रुक्मिणी पछुताइन् पनि ।

प्रकाशित: २ पुस २०७७ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App