१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्रदेश २ मा संसदीय दलका नेतामाथि अविश्वास प्रस्ताव दर्ता

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनको बाछिटा प्रदेश २ को प्रदेशसभामा पनि परेको छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दहाल–माधवकुमार नेपाल पक्षका नेता कार्यकर्ताबीच बढ्दो धुव्रीकरणले कतिपय नेताको तात्कालिन पदीय जिम्मेवारी समेत धरापमा परेको छ।

अविश्वासको प्रस्ताव सामना गर्न तयार छुः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशमा जतिसुकै बेला अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने र त्यसका लागि आफू सामना गर्न तयार रहेको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्। ‘उहाँहरूले अविश्वासको प्रस्ताव जुनसुकै बेला दर्ता गर्न सक्नुहुन्छ, त्यसका लागि म तयार छु,’ दाहाल–नेपाल पक्षलाई लक्षित गर्दै शनिबार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाटका क्रममा उनले भने, ‘केन्द्रमा र अरू प्रदेशमा झगडा हुँदैमा गण्डकी प्रदेशमा पनि झगडा गर्नैपर्छ भन्नेछैन, मिलेर जानुपर्छ। अरू प्रदेशका लागि पनि नमुना प्रदर्शन गर्नुपर्छ भन्ने मेरो तर्क छ।’

काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपति चयनका लागि ‘सर्च कमिटी’

काठमाडौं विश्वविद्यालयमा नयाँ उपकुलपति (भीसी) कसलाई बनाउने भन्नेबारे सर्च कमिटी बनाएको छ। कमिटीले सिफारिस गरेका व्यक्तिहरू मध्ये एकलाई प्रधानमन्त्रीले भिसीमा नियुक्त गर्ने अहिलेको व्यवस्था रहेको छ।

प्रदेश २ का संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी थालेको छ।

विश्वका पाँच अरबपतिहरु, जसलाई कोरोनाले पहिले भन्दा धनी बनायो

कोरोना महामारीको समयमा धेरै मानिसहरूको व्यापार घाटामा गयो तर केही मानिसहरू छन् जसलाई महामारीले पहिले भन्दा धनी बनायो।

प्रदेश १ : सत्ता परिवर्तनको खेल सुरु

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेश १ को प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेशसभामा ३७ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो।

गण्डकी प्रदेश : अविश्वास प्रस्ताव ल्याउने कि समर्थन फिर्ता ? छलफलमा प्रचण्ड–माधव समूह

गण्डकी प्रदेश सरकार ढलाउन नेकपाको प्रचण्ड–माधव समूह छलफलमा जुटेको छ। नेकपाको ओली समूह हावी भएको गण्डकी प्रदेश सभामा केपी शर्मा ओली निकट पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार ढलाउन प्रचण्ड–माधव समूहले छलफललाई सघन बनाएको हो।

खुल्यो विश्व शान्ति स्तुप

कोरोना भाइरस महामारिका कारण गत चैतदेखि बन्द रहेको पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुप आइतबारदेखि पर्यटकका लागि खुला गरिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। दाहाल–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले आइतबार बिहान मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

राज्यमन्त्री मानन्धरले बनाए एकल गायनमा विश्व रेकर्ड

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन्।

डोरमणी पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अघि सारियो

एक सय १० जना सांसद रहेको प्रदेशसभामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ८० जना सांसद छन्। जसमध्ये नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षमा ४६ जना र प्रधानमन्त्री केपी ओलीतर्फ ३४ जना सांसद रहेका छन्।

बागमती प्रदेशमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएकाे छ। प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

बागमती प्रदेशमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव लिएर संसदहरु प्रदेशसभा सचिवालयमा पुगेका छन्। संसदीय दलका उपनेतासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गराउन लागिएको हो।

अविश्वास प्रस्ताव दर्तामा सभामुखको अर्थपूर्ण निर्देशन

प्रतिनिधिसभाको विघटनपछि सभामुख अग्निप्रसाद सापकोटा मौन बसेका छन्। उनलाई केही वकिलहरूले विशेष अधिकार प्रयोग गरी संसद् अधिवेशन बोलाउन दबाब दिएपछि केही दिन छलफलमा पनि बसेका थिए। तर उनले त्यसबाहेक कुनै पनि गतिविधि गरेका थिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्