१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वका पाँच अरबपतिहरु, जसलाई कोरोनाले पहिले भन्दा धनी बनायो

कोरोना महामारीको समयमा धेरै मानिसहरूको व्यापार घाटामा गयो तर केही मानिसहरू छन् जसलाई महामारीले पहिले भन्दा धनी बनायो।  

वर्ष २०२० धेरै व्यक्तिहरूको लागि निकै मुश्किल भएर आयो। विश्वव्यापी कोरोनाका कारण करिब १६ लाख मानिसले ज्यान गुमाउनु पर्‍यो। धेरै व्यवसाय बन्द भएका कारण लाखौं रोजगार गुमाए साथै देशमा आर्थिक संकट आइलाग्यो।  

तर, धेरै धनाढ्य व्यक्तिहरूको लागि भने यो समय त्यति खराब रहेन। २०२० मा विश्वका अरबपतिहरू ६० प्रतिशतभन्दा बढी धनी भएका छन् र तीमध्ये पाचौँ जना त्यस्तो मानिस हुन् जसको कुल सम्पत्ति ३१०.५अर्ब डलर पुगेको छ।  

एलोन मस्क, टेस्लाका सह-संस्थापक र सीईओ

२०२० मा, स्पेस एक्स संस्थापक र टेस्लाका सीईओ एलोन मस्कको सम्पत्तिमा १४० अरब डलर थपिएको छ। ब्लूमबर्गका अनुसार उनको कुल सम्पत्ति गत सोमबार १ खरब ६७ मिलियन डलर पुगेको छ।

यससँगै, एलोन मस्क अरबपतिहरूको सूचीको अग्र स्थानमा उक्लिएका छन्।नोभेम्बरमा, बिल गेट्स दोस्रो स्थानमा पुगेका छन्। ती मध्ये शीर्षमा अमेजन संस्थापक जेफ बेजोस छन्।

फोर्ब्सका अनुसार, जबदेखि पत्रिकाले विश्वको सबैभन्दा धनी व्यक्तिको सूची बनाउन सुरू गर्यो, कारेना माहामारीको यो एक वर्षमा अरबपतिले गरेको सबैभन्दा बढी कमाई हो।

एलोन मस्कको कम्पनी टेस्ला इलेक्ट्रिक कार निर्माता हो। यस वर्ष कम्पनीमा कारको रेकर्ड बिक्री भएको छ। उही समयमा मस्कको अन्य कम्पनी स्पेस एक्सले पनि यस वर्ष प्रगति गरेको छ र अन्तरिक्षमा एस्ट्रोनट प्रक्षेपण गर्ने पहिलो निजी कम्पनी बन्यो।

जेफ बेजोस, अमेजनका संस्थापक र सीईओ

जेफ बेजोस एक त्यस्तो व्यक्ति हुन् जसले २०२० विश्वको धनी व्यक्तिको रूपमा सुरु गरे र त्यस्तै अन्त्य भयो। जेफ बेजोस अनलाइन शपिङ प्लेटफार्म अमेजनका संस्थापक मात्र होइनन्, उनी अमेरिकी अखबार 'द वाशिंगटन पोस्ट' को मालिक पनि हुन्।

यस वर्ष उनले आफ्नो सम्पत्तिमा ४२ अर्ब डलर थपेका छन्। कोरोना महामारीको बेला अनलाइन किनमेलमा वृद्धि भएको कारण हो। पसलहरू लकडाउनमा बन्द भएको कारण, मानिसहरूले धेरै अनलाइन शपिङ गरेका छन्।

केही महिना अघि जेफ बेजोसको कुल सम्पत्तिले २०० बिलियन डलर नाघ्यो। यद्यपि उनीसँग अहिले १८७ अरब डलरको सम्पत्ति छ।

जेफ बेजोसले सामाजिक कार्यमा पनि योगदान पुर्‍याएका छन्। फेब्रुअरीमा उनले मौसम परिवर्तनसंग लड्न १० अर्ब डलर दान गरेका थिए। नोभेम्बरमा, उनले वातावरणमा काम गरिरहेका संगठनहरुलाई ८० करोड डलर दिएका थिए।

उनकी पूर्व पत्नी म्याकेन्जी स्कटले यस वर्ष गैर९सरकारी संस्थाहरूलाई कम्तिमा ५.८ बिलियन डलर दान गरेकी थिइन्।

जोंग शनशन, नों फू स्प्रिङका संस्थापक

ब्लूमबर्गका अनुसार जोंग शनशनको जम्मा सम्पत्ति ६२.६ अर्ब डलर, अहिले बडेर ६९ डलर पुगेको छ। सेप्टेम्बरमा जोंग चीनको सबैभन्दा धनी व्यक्ति भए। उनको बोतलको पानी कम्पनी नन फू स्प्रिङले सार्वजनिक स्टकको बिक्री सुरु गरेपछि १.१ अरब डलरभन्दा बढी आर्जन गर्‍यो।

नन फू स्प्रिङ १९९६ मा स्थापना भए। जसले एशियाको बोतलवाला पानी बजारको पाँचौ हिस्सालाई गोगटेको छ। उनको कम्पनीको मूल्य ७० अर्ब डलर छ।

यस कारण जोयलन शनशनले टेंन्सेन्ट्सको पोनीमा र अलीबाबको ज्याकमा जस्ता अरबपतिहरूलाई पछाडि पारे। हालका महिनाहरूमा उनी चीनको सर्बभन्दा धनी मानिस भएका छन्। उनी खोप निर्माता बीजिंग वोन्टा बायोलोजिकल फार्मेसीका मालिक हुन्।

यस कम्पनीले कोभिड १९ को लागि नाकबाट लिने स्प्रे बनाउँदैछ, जुन नोभेम्बरमा दोस्रो चरणको परीक्षण गरिएको थियो।

बर्नार्ड आरनोल्ट, एलवीएमएच ग्रुपका मालिक

फ्रान्सका बर्नार्ड अर्नाल्ट आफ्नो देशको सबैभन्दा धनी व्यक्ति हुन् र फोर्ब्सले उनलाई धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा राखेको छ। ब्लूमबर्गले उनलाई क्रमशः चार स्थानमा राख्यो।

लक्जरी सामान कम्पनी एलवीएमएचका मालिक आरनोल्ट यस वर्षको अन्तसम्म कुल सम्पत्ति १४६.३ अरब रहेको छ। यो वर्ष उनको लागि कठिनको वर्ष भएता पनि २०२० मा अर्नाल्टको सम्पत्ति ३० प्रतिशतले बढेको छ।

लक्जरी उत्पादनहरूको बिक्री लगातार घट्दै गएको भएतापनि एलवीएमएचले यस विषयमा सबैलाई छक्क पारेको छ। उनीहरूका केही उत्पादनहरूले दक्षिण कोरिया र चीनमा सोचेभन्दा बढी व्यापार गरेको छ।  

डैन गिलबर्ट, रकेट कम्पनीजका अध्यक्ष

५८ सालका गिल्बर्ट एनबीए क्लीवलैंड कैवेलियर्सका मालिक हुन् र अनलाइन मोर्टगेज कम्पनी क्वेन लोनका सह९संस्थापक पनि हुन्। ब्लूमबर्ग डाटाका अनुसार २०२० मा उनीहरूको कुल सम्पत्ति २८.१ अर्ब डलर पुगेको छ। उनको कुल सम्पत्ति ३५.३ अर्ब डलर छ।

यसको कारण यो छ कि क्विक्टन याणको मूल कम्पनी रकेट कम्पनीले अगस्टमा सार्वजनिक सेयर र अन्य वित्तीय उपकरणको बिक्री सुरु गर्यो। गिल्बर्टसँग ८० प्रतिशत भन्दा बढी रकेट कम्पनीहरूको स्वामित्व छ, जसको ३१ अर्ब डलरभन्दा बढीको मूल्य हो। गिल्बर्टको कुल सम्पत्ति एक वर्षमा छ गुणाले बढेको छ।

प्रकाशित: १७ पुस २०७७ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App