५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

बागमती प्रदेशमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएकाे छ। प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

संसदीय दलका उपनेतासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गरिएकाे हाे।

अविस्वासको पत्रमा मुख्यमन्त्री डोरमणी पौडेल मुख्यमन्त्री रहिरहँदा उल्लेखित चुनौति र समस्याहरु अझ गम्भीर बन्दै जाने र यसबाट जनता एवम् प्रदेशले ठूलो क्षति व्यहोर्ने आरोप लगाईएको छ।

एक सय दश जना सांसद रहेको प्रदेश सभामा नेकपाको ८० सांसदमध्ये प्रचण्ड-नेपाल पक्षमा ४६ जना र ओलीतर्फ ३४ जना सांसद रहेका छन्। त्यस्तै नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, नेमकिपा र राप्रपाका २/२ र स्वतन्त्रका १ जना सांसद छन्।

अबिश्वास पत्रमा मुख्यमन्त्री पदका लागि प्रदेश सांसद अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन्।

पत्रमा भनिएको छ,

नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा नेकपा बागमती प्रदेशसभा दलको विधान २०७५ को धारा २८ बमोजिम हामी तपसिल बमोजिमका बागमती प्रदेश सभाका सदस्यहरुले माननीय मुख्यमन्त्री डोरमणी पौडेलमाथिको विश्वास छैन भनी अविश्वासको प्रस्ताव पेश गर्ने प्रयोजनको लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार तत्काल प्रदेशसभाको बैठक बोलाउन अनुरोध गरिएको छ।

 

 

 

प्रकाशित: १० पुस २०७७ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App