४ माघ २०८१ शुक्रबार
image/svg+xml

गण्डकी प्रज्ञा प्रतिष्ठान विधेयकमाथि असन्तुष्टि

गण्डकी प्रदेशको संसदमा प्रस्तुत विधयेकका दफाले प्रतिष्ठानलाई स्वायत्त बन्न नदिने भएकाले संशोधन गर्न विद्वानहरूले सुझाब दिएका छन्।

वीपी प्रतिष्ठानमा पदाधिकारीले पुर्णता पायो

बिहिबार प्रतिष्ठानमा एक समारोहबीच डा.रेग्मीले पदभार ग्रहण गरेका हुन् । उनले पदभार ग्रहण गर्दै प्रतिष्ठानको उर्जा अडिट गरेर वैकल्पिक उर्जा प्रयोग गर्ने पहिलो निर्णय गरेका छन् । रजिष्ट्रार रेग्मीले प्रतिष्ठानमा उर्जाको समस्या भएकोले अब वैकल्पिक उर्जाको प्रयोगतर्फ पनि अघि बढ्नुपर्ने बताए ।

वीपी प्रतिष्ठानमा महोत्तरीका एक कोरोना संक्रमितको मृत्यु, गृहजिल्लामा अन्त्येष्टि

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति महोत्तरी जिल्लाको महोत्तसरी गाउँपालिका ३ का ६० वर्षीय वृद्ध हुन् ।

वीपी प्रतिष्ठानको रजिष्ट्रारमा डा.रेग्मी नियुक्त

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको रजिष्ट्रार पदमा डा.मोहन चन्द्र रेग्मी नियुक्त भएका छन् । प्रतिष्ठानकै प्रसुती विभाग प्रमुख रहेका डा.रेग्मीलाई आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्त गरेका हुन् ।

धरानमा वीपी कोइरालाको पुर्णकदको सालिक

वडा नं १३ र २० को सिमाना पर्ने सर्दु खोला किनारमा निर्माणाधिन पार्कमा नेता कोइरालाको पुर्णकदको सालिक राखिएको हो । यो सालिक परिवर्तनशिल समाज नेपालले एक समिति बनाएर निर्माण गराएको हो । धरानका कलाकार महेन्द्र राई र धिरज राईले निर्माण गरेको सालिक पार्क क्षेत्रमा राखिए पनि अनावरण गर्न भने बाँकी नै छ ।

सम्भावित कोरोना संक्रमिताको स्वाब परीक्षण ठप्प

शनिबारसम्म १५ हजारको स्वाब परीक्षण गरेको प्रतिष्ठान कोरोना परीक्षणका लागि मात्रै झण्डै चार करोड रुपैयाँ खर्च भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय तहबीच बिबाद

कोरोना संक्रमण जोखिम उच्च बन्दै जाँदा समेत कोरोना परीक्षण गर्ने थलो जिल्लामा कतै थिएन ।

वीपीका चिकित्सक एवं कर्मचारीहरुको तलब वृद्धि

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ४३ औं सिनेट बैठकले निर्णय गरेअनुसार चिकित्सक र कर्मचारीहरुको तलब वृद्धि गरिएको छ ।

प्रादेशिक सञ्चार प्रतिष्ठान समावेशी बनाउन माग

प्रदेश १ को प्रादेशिक सञ्चार प्रतिष्ठान गठन प्रक्रियाको विषयमा आइतबार मुख्यमन्त्री शेरधन राईको नेपाल प्रेस युनियनले ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री राईलाई युनियनका पदाधिकारीले भेटेर प्रतिष्ठानमा समावेशी सहभागिता गराउन ध्यानाकर्षण गरेका छन् ।

यस्तो छ तीन प्रज्ञा प्रतिष्ठानको वार्षिक प्रगति

कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा गरिएको लकडाउनको समयमा पनि प्रज्ञा प्रतिष्ठानले पुस्तक सम्पादन, प्रकाशन र बृह्त शब्दकोषको कामलाई निरन्तरता दिएको छ । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायका अनुसार लकडाउनका समय प्रतिष्ठानबाट १० वटा पुस्तक प्रकाशित भएका छन् । त्यस्तै ५३ वटा विषय समेटिएको ‘नेपाली दर्शन’ को प्रारम्भ भएको छ ।

कर्णाली प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना पुष्टि

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्यकर्मी बाहेकका चार जना जिल्ला बाहिरको भएपनि जुम्लामा अन्य पेशा व्यवसायमा संलग्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

मुलुकलाई चिनाउने बृहत् ग्रन्थ ‘नेपाल दर्पण’ लेखनकार्य प्रारम्भ

नेपाली वाङ्मयका क्षेत्रमा युगीन महत्वका अनेकौँ कामहरू सम्पन्न गरिसकेको नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको ६२ औँ वर्ष पूरा गरी ६३ औँ वर्षमा प्रवेश गरेको अवसरमा संघीय गणतन्त्रअनूकुल मुलुकलाई चिनाउने बृहत् ग्रन्थ ‘नेपाल दर्पण’ लेखन कार्य प्रारम्भ गरेको छ । प्रतिष्ठान ६३ औँ वर्षमा प्रवेश गरेको अवसरमा मुलुक चिनाउने बृहत् ग्रन्थ‘ नेपाल दर्पण’ लेखन कार्यको प्रारम्भ गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

बीपी प्रतिष्ठानबाट १३ जना डिस्चार्ज

कोरोना संक्रमणबाट मुक्त भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरु मोरङका १२ जना र झापाका एक जना पुरुष भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । उनीहरु १५ देखि ४१ बर्ष उमेर समुहका रहेका छन् ।

दाङमा कोरोना परीक्षणको गती बढ्यो

दाङमा कोरोना परीक्षणको दायरा बढेको छ । दाङमा कोरोना परीक्षण हुने एक मात्रै थलो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण मेसिन थप भएसंगै परीक्षणको दायरा बढेको हो । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाश देवका अनुसार अब दिनहुँ एक हजार जनाको स्वाब परीक्षण हुनेछ ।

कोरोना जाँचमा दोस्रो जुम्ला, पहिलो काठमाडौँ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्