२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बीपी प्रतिष्ठानबाट १३ जना डिस्चार्ज

कोरोना संक्रमणबाट मुक्त भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरु मोरङका १२ जना र झापाका एक जना पुरुष भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । उनीहरु१५ देखि ४१ बर्ष उमेर समुहका रहेका छन् । 

डिस्चार्ज भएकाहरुमध्ये मोरङका ८ जना जेठ २८ गते वीपी प्रतिष्ठानमा भर्ना भएका थिए भने मोरङकै ४ जना जेठ ३१ गते भर्ना भएका थिए । साथै, झापाका एक जना पनि जेठ ३१ गते भर्ना भएका थिए । हालसम्म प्रतिष्ठानबाट संक्रमण मुक्त भएर डिस्चार्ज हुनेहरुको कुल संख्या १२८ पुगेको छ । प्रतिष्ठानमा हाल ६३ जना आइसोलेसनमा उपचाररत अवस्थामा रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित: ८ असार २०७७ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App