११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

वीपी प्रतिष्ठानमा महोत्तरीका एक कोरोना संक्रमितको मृत्यु, गृहजिल्लामा अन्त्येष्टि

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति महोत्तरी जिल्लाको महोत्तसरी गाउँपालिका ३ का ६० वर्षीय वृद्ध हुन् । उनको मंगलबार साँझ मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । गम्भीर अवस्थामा ती वृद्धको प्रतिष्ठानमा आइसियुमा राखेर उपचार भइरहेको थियो । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा २ जना संक्रमितहरुको मृत्यु भएको छ । पाँच दिनअघि पनि सप्तरीका एक वृद्धको उपचारको क्रममा प्रतिष्ठानमा निधन भएको थियो ।

दुई दिनअघि कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा सारेर उपचार भइरहेको थियो । ‘यहाँ आउदा नै सिरियस हुनुहुन्थ्यो, र आइसियुमा राखेर उपचार भइरहेको थियो,’प्रवक्ता डा.सापकोटाले भने,‘आइसोलेसनमा पनि भेन्टिलेटरमा उपचार हुदैथियो, हिजो साँझ दुःखद निधन भयो ।’

मृत्यु भएका व्यक्तिलाई प्रशासनसँग आवश्यक समन्वय गरेर राती नै महोत्तरी पठाइएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । प्रतिष्ठानले शव वहानका चालकलाई आवश्यक सुरक्षा सामग्री व्यवस्था गरेपछि राती नै पठाइएको उनले बताए । ‘जिल्ला प्रशासन कार्यालयले महोत्तरी प्रशासनसँग आवश्यक समन्वय गरेर शवलाई राती नै पठाइयो,’डिएसपी बस्नेतले भने ।  

उता, महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले मृतकको शवलाई आज(बुधबार) बिहान करिब ७ बजे प्रोटोकल अनुसार नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको जानकारी दिए । जलेश्वर नगरपालिकास्थित शव व्यवस्थापनको लागि तोकिएको ठाउँमा सेनाको टोलीले शवलाई गाडेको उनले बताए । ‘शव व्यवस्थापनको जिम्मा सेनाको हो, जलेश्वर नगरपालिकामा तोकिएको ठाउँमा बिहान ७ बजे डोजरले खानेर व्यवस्थापन भइसक्यो,’प्रजिअ कटुवालले मोवाइल सम्पर्कमा भने ।

प्रकाशित: ७ श्रावण २०७७ ०८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App