२० वैशाख २०८१ बिहीबार
image/svg+xml

अमानतमा चलाउँदा करोडौँ घाटा

आन्तरिक आयको मुख्य श्रोतका रुपमा रहेका ठाउँमा ठेक्का गर्न नसक्दा वीरेन्द्रनगर नगरपालिकाले करोडौँ आम्दानी गुमाउने भएको छ।जनप्रतिनिधि र कर्मचारीकै बदमासीका आसेपासेहरूलाई अमानतमा दिँदा ठेक्काहरू हुन नसकेको हो। जसका कारण वीरेन्द्रनगरको करोडौँको राजश्वमा गुमेको छ।

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा निगरानी

नदीमा नदीजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ।

नदीजन्य पदार्थ उत्खननमा प्रदेशको मापदण्ड एउटा, स्थानीय तहहरूको निर्णय अर्कै

आफै उत्खनन् र व्यवस्थापनका लागि स्रोतसाधन तथा जनशक्तिको अभाव हुने भन्दै केही स्थानीय तहहरूले पुरानै प्रक्रियाबाट नदी जन्य पदार्थ उत्खनन् गर्ने तयारी गरेका छन्।

नक्कली भ्याटबिल बनाउँदै नदीजन्य पदार्थ ओसारपसार, ५६ गाडी नियन्त्रणमा

नक्कली भ्याटबिल बनाएँदै विभिन्न खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन गरि चोरी निकासी गरेको आरोपमा कास्की प्रहरीले ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। प्रहरीले पोखरा भित्रिने विभिन्न नाकाबाट सहर भित्रिँदै गरेका ती सवारीलाई नदीजन्य पदार्थ सहित नियन्त्रणमा लिएको हो।

नदीजन्य पदार्थको दोहन रोक्न गस्ती

कञ्चनपुरमा चुरे क्षेत्रबाट अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खननको कार्य रोकथामका लागि कार्य अगाडि बढाइएको छ।

नदीजन्य पदार्थ ठेक्कामा यसरी हुन्छ भ्रष्टाचार

नगरपालिकाले पाउनुपर्ने अपुग मूल्य अभिवृद्धि करसमेत ८७ लाख ४९ हजार ५० रूपैयाँको प्राप्तिको रेकर्ड नै राखिएको छैन। अहिले सहनी नगरपालिकामा कार्यरत्त छैनन्। करार सेवा थप नभएपछि उनी पदमुक्त भएका छन्।

चुरे सिरानका नदीजन्य पदार्थ उत्खननमा व्यापक अनियमितता

ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को धज्जी उडाउँदै पालिका, ठेकेदार र नियामक निकायबीचको सेटिङमा नदीजन्य पदार्थ उत्खनन गरी अनियमितता गरेको महालेखापरीक्षकको प्रतिवेदनबाट खुलेको छ।

‘बाध बाँध्नु पर्ने नदीजन्य पदार्थ आफू खुसी बिक्री’

निजगढ नगरपालिकाले बाध बाँध्नको लागि जिल्ला बिपद व्यवस्थापन समितिबाट निर्णय गराएर उत्खनन गराइ रहेको लालबकैया खोलाको नदी जन्य पदार्थलाई बिक्री वितरण गरि रहेको छ।

भक्रम खोलामा नदीजन्य पदार्थको दोहन: २ जेसिबी प्रहरी नियन्त्रणमा

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ शिव गढीको भक्रम खोलामा ठेकेदारले जेसिबी लगाएर नदीजन्य पदार्थको अनियन्त्रित दोहन गरेका छन्।

नदीजन्य पदार्थको दोहन: उर्वरा जमिन बगरमा परिणत हुँदै

स्थानीय तहमा जनप्रतिनिधि आएपछि नदीजन्य पदार्थको दोहन अझ बढेर गएको छ। यहाँका अधिकांश स्थानीय बगर बेचेर नयाँ ठाउँमा सरेका छन्।

नदीजन्य पदार्थको दोहन: प्रहरीले फर्कायो भेरीको धार

भेरीगंगा नगरपालिकाको छिन्चु खोला र भेरी नदी मिसिने दोभान क्षेत्रमा फैलिएको भेरी नदीलाई तस्करहरुले बाँध बनाएर एक छेउतर्फ फर्काएका थिए।

अनियन्त्रित नदी दोहनले निम्त्याउँदै संकट

मधेसमा बाढीको वितण्डा र सुक्खापनको मूल कारण चुरे पहाड भएको प्रस्ट भए पनि मधेसकेन्द्रित दलका नेता र सरकार नदी दोहन नियन्त्रणमा गम्भीर भएको पाइँदैन। नदी जोतेर, चुरे खोस्रेर ढुंगाको धन्दा तीव्र भइरहँदा पनि तैं चुप मै चुपको अवस्थाले मिलेमतोमा यस्तो काम भइरहेको पुष्टि गर्छ।

माफियाकै कब्जामा नदीजन्य पदार्थ

मधेश प्रदेशकै सबैभन्दा बढी क्रसर भएको बारा जिल्लामा रहेका खोलाहरूबाट नदीजन्य पदार्थहरूको ठेक्का सकार गर्ने ठेकेदारहरूले ठेक्का रकम र राज्यलाई तिर्नुपर्ने राजस्व नतिर्ने गरेको भेटिएको छ।

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न माग

उत्खननले खेतीयोग्य जमिन कटान भई डुबानको जोखिम हुने जनाउँदै राप्तीसोनारी गाउँपालिका–६ का स्थानीयले चिन्ता व्यक्त गरेका हुन्।

कारबाही गर्ने निकाय आर्थिक प्रलोभनमा पर्दा खोलामा ठेकेदारको मनोमानी

ठेकेदारहरुले धेरै स्काभेटर प्रयोग गरेर चार मिटरसम्म उत्खनन गर्ने स्थानहरुमा १० फिट गहिरोसम्म नदीजन्य पदार्थ निकालिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्