बलात्कार र हिंसाका मुद्दा ‘फास्ट ट्र्याक’मा
दिनहुँ बलात्कारजस्ता जघन्य अपराधका साथै महिला तथा बालबालिकामाथि हुने हिंसा बढ्दै जान थालेपछि काठमाडौं जिल्ला अदालतले महिलाका मुद्दालाई ‘फास्ट ट्र्याक’ बाट सुनुवाइ थाल्ने भएको छ। जबर्जस्ती करणीलगायत महिला पीडित रहेका मुद्दामा ढिलाइ गरेमा प्रमाण नष्ट हुने हुँदा अदालतले छिटो बाटो रोज्ने भएको हो।