२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

‘अपराधी पक्राउ गर्न सरकार असफल’

काठमाडौं– अन्तर पार्टी महिला सञ्जालले बलात्कार, हत्या हिंसा र विभेदका घट्नामा संलग्न दोषीलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन सरकार असफल भएको आरोप लगाएको छ। 

सोमबार रिपोर्टर्स क्लबमा अन्तरपार्टी महिला सञ्जालले पत्रकार सम्मेलन गरेर बलात्कार, हत्या हिँसामा संलग्नलाई पक्राउ गरेर कारबाही गर्नमा सरकार चुकेको आरोप लगाएको हो। 

सञ्जालकी अध्यक्ष नीलम बर्माले दुई महिना पहिले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको र हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना गरिन। 

उनले भनिन्, ‘हाम्रो देशमा सरकार छ या छैन् ? के काम गरिरहेको छ ? हत्या बढेका छन्, बलात्कारका घट्नाहरु बढिरहेका छन्, बलात्कार, हत्या र एसिड आक्रमण गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गरियोस्, अपराधीहरुलाई तत्काल् पक्राउ गरेर पीडितलाई न्याय दिने काम गरोस्, हामीले महिला हिंसाको अन्त्य चाहेका छौं, शान्ति अमन–चयन खोजेका छौं, तर सरकार यसमा असफल भैरहेको छ।’

न्याय माग्न सडकमा निस्किँदा गोली खानुपर्ने स्थिति रहेको सुनाउँदै उनले भनिन्, ‘सरकारले भीड नियन्त्रण गर्न अन्य तरिका हुँदाहुँदै पनि गोली हान्ने र समाजलाई उत्तेजित पार्ने काम गरेको छ्, न्याय पाउन आन्दोलन गर्नैैपर्ने स्थिति किन आउँदै छ? के गरिबले यसरी न्याय पाउन सक्छन्?’

त्यस्तै सञ्जलाकी महासचिव कल्याणी रिजालले ५१ प्रतिशत नारीहरुको उपस्थिति रहेको नेपालमा महिला हिंसाका घट्नाका बारेमा सरकार गम्भीर नदेखिएको गुनासो पोखिन्।

उनले भनिन्, ‘हाम्रो देशमा ५१ प्रतिशत महिला छन्, के हामी महिला भएर जन्मिनु दोष हो ? के हामी राम्री हुनु दोष हो ? के हामीले पुरुषको ईच्छा अनुसार आफूलाई समर्पण गर्नैपर्ने हो ? शारीरिक सम्बन्ध गर्न तयार नहुँदा एसिडको सिकार हुनैपर्ने हो ? यो कस्तो खालको हिँसा हुँदैछ ? मुलुकमा गणतन्त्र आईसकेको छ। यस्तो प्रकारको हमला, हत्या र बलात्कारलाई सरकारले नियन्त्रण र निरुत्साहित पार्न सक्नुपर्छ।’

प्रकाशित: ८ आश्विन २०७५ ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App