११ कार्तिक २०८१ आइतबार
image/svg+xml

इटहरी, इनरुवा र दुहवीमा लकडाउन

पूर्वका शहरमा पछिल्लो समय समुदायस्तरमै कोरोनाको संक्रमण देखा पर्ने क्रम बढेपछि इटहरी, इनरुवा र दुहवीमा लकडाउन घोषणा गरिएको छ ।

मोरङको ५ स्थानीय तहमा संक्रमण

मोरङको पाँच वटा स्थानीय तहमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि प्रदेशका स्थानीय तहहरूले लकडाउन गर्न थालेका छन् ।

उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाका ६२ जनामा संक्रमण पुष्टि भएका बताएका छन् ।

पछिल्लो २४ घन्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा २१ हजार ९ जनामा संक्रमण पुष्टि भएको बताए । पछिल्लो २४ घन्टामा सात हजार पाँच सय ८७ जनाको पिसिआर परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

किसानलाई जहिल्यै मलकै पिरलो

कोरोना संक्रमणका कारण यातायात सेवा ठप्प हुँदा बाँके, बर्दियासम्म पुगेर मल आयात गर्न सकिने अवस्था छैन। महिना दिनसम्म मलको जोहो गर्न बजार दौडधुप गरिरहेका छन् उनी। तर जहाँ पुगे पनि एउटै जवाफ पाइन्छ, ‘मल छँदै छैन, कसरी दिनु ?’ अहिले धानले मल खोजिरहेको छ।

लकडाउन खुलेपछि संक्रमण बढ्यो, उपत्यकामामात्रै ८ सय ३२ संक्रमित

सरकारले लकडाउन खोलेसँगै कोरोना संक्रमणको दर बढेको छ। सोमबार मात्रै ४ सय १८ नयाँ संक्रमित थपिएका छन्। लकडाउन खुल्नुपूर्व यो संख्या १ सय मात्र थियो। यो अवधिमा काठमाडांै उपत्यका र तराईका जिल्लामा समेत संक्रमितको संख्यामा वृद्धि भएको छ।

संक्रमण समुदायमा फैलिँदा प्रदेश २ का सात सहरमा निषेधाज्ञा

झन्डै चार महिना लामो देशव्यपी लकडाउन अन्त्य भएलगत्तै प्रदेश २ मा कोरोना संक्रमित र मृतकको ग्राफ डरलाग्दो रुपमा बढेको छ । संक्रमित र मृतकको संख्या बढ्न थालेपछि प्रदेशका मुख्य सात सहरमा निषेधाज्ञा र लकडाउन जारी गरिएको छ ।

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा ४१८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियपमत पत्रकार सम्मेलनमा जनाएको छ ।

‘६० माथि र १२ वर्षमुनिका घरबाहिर ननिस्कनू’

स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबाट जोगिन विशेषगरी ६० वर्ष उमेरमाथिका व्यक्ति र १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरेको हो।

भारतबाट फर्केकालाई सिधै घर पठाउँदा जोखिम बढ्यो

भारतका विभिन्न ठाउँमा रहेका नेपाली सुदूरपश्चिम फर्कने क्रम रोकिएको छैन। कोरोनाको संक्रमण भयाभह रूपमा फैलिरहेको भारतबाट आएका नेपालीलाई क्वारेन्टिनमा नराखी साउनदेखि सिधै घर–घर पठाउन थालिएको छ। यसले संक्रमण समुदायमा फैलिने जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न लागेका छन्।

लापरबाहीले भयावह बन्दै संक्रमण, भारतीय कामदारबाट जोखिम

कोरोना संक्रमणबाट बिहीबार जगदम्बा इन्टरप्राइजेजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृत (सिइओ) को नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु भयो। भारतीय नागरिक उनको मृत्युसँगै इन्टरप्राइजेजका सम्पूर्ण कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ।

कोरोना संक्रमणले एकैदिन चारजनाको मृत्यु

जोखिमको मात्रा बढ्दै गएपछि विराटनगर महानगरपालिकासहितका केही स्थानीय तह र जिल्लाले फेरि केही समयका लागि लकडाउन घोषणा गरेका छन् । केन्द्र सरकारले पनि अवस्थाको मूल्यांकन गर्दै आवश्यक निर्णय लिने तयारी गरेको छ ।

बजारहरूमा मानिसको भिडभाडले बढायो कोरोनाको जोखिम

केहि दिनदेखि छिमेकी जिल्ला पर्साको वीरगन्जमा लकडाउन रहेकै अवस्थामा कोरोना भाइरसको कारणले दिनहुँ जसो मानिसको मृत्यु भैरहेको घटना सार्वजनिक भएपनि बाराका बजारहरुमा मानिसको भिडभाड बढेसँगै कोरोना भाइरसको जोखिम बढाएको छ।

थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा दुई सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार सात सय ८६ नमुना परीक्षण गर्दा दुई सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

३ चिकित्सक र ६ नर्ससहित थप ४६ मा संक्रमण पुष्टि

वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालाको बिहीवार राति आएको रिपोर्ट अनुसार यहाँ ३ जना चिकित्सकसहित थप ४६ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको छ। वीरगन्जको विभिन्न वडामा गरिएको ‘मास टेस्टिङ्ग’सहितको रिपोर्टमा यि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्