coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा ४१८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियपमत पत्रकार सम्मेलनमा जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका छन्। पछिल्लो २४ घन्टामा ३ सय ५८ जना डिस्चार्ज भएका छन् । योसंगै डिस्चार्ज हुनेको संख्या १४ हजार ९ सय ६१ जना पुगेको छ । हालसम्म नेपालमा ५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

प्रकाशित: १९ श्रावण २०७७ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App