२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमणले एकैदिन चारजनाको मृत्यु

मृतकको संख्या ५६ पुग्यो

कोरोना भाइरसको जोखिम कम भएको भन्दै सरकारले लकडाउन हटायो । व्यापार व्यवसायदेखि सबै कुरा बिस्तारै सामान्यतर्फ उन्मुख भइरहेका बेला नेपालमा कोरोना भाइरस संक्रमणबाट निधन हुनेको दर भने बढ्न पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको संक्रमणबाट चारजनाको मृत्यु भएको छ । २४ घण्टाभित्र चारजनाको मृत्यु भएको नेपालमा पहिलोपटक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगन्ज महानगरपालिका–११ श्रीपुरका ५६ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको छ । त्यस्तै वीरगन्ज महानगरपालिका–१६ का ३५ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको छ भने वीरगन्ज महानगरपालिका–२ छपकैया निवासी ६५ वर्षीय पुरुषको पनि बिहीबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उनको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको हो ।

त्यस्तै पर्सा घर भई हाल धसीखेल–५ ललितपुर बस्ने ६५ वर्षीया महिलाको शुक्रबार पाटन अस्पताल ललितपुरमा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।  

शुक्रबार मात्र देशभरि थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३२, ललितपुरमा ५ र भक्तपुरमा एकजनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा १ सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । निको हुनेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ ।

लकडाउन खुल्दा अवस्था सामान्यतर्फ उन्मुख भए पनि मृत्युदर बढ्नुका साथै समुदायमा संक्रमण फैलिएको आशंका बढ्दै गएको छ । जोखिमको मात्रा बढ्दै गएपछि विराटनगर महानगरपालिकासहितका केही स्थानीय तह र जिल्लाले फेरि केही समयका लागि लकडाउन घोषणा गरेका छन् । केन्द्र सरकारले पनि अवस्थाको मूल्यांकन गर्दै आवश्यक निर्णय लिने तयारी गरेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्रका एक पदाधिकारीका अनुसार हाल तराईका केही जिल्ला र काठमाडौं उपत्यकामा संक्रमण वृद्धि हुँर्द गएकाले केही दिनमै स्थानीय तहबाट लकडाउनको निर्णय हुने अवस्था छ । काठमाडौं उपत्यकाकाको हकमा जनसंख्या बढी भएकाले थप जोखिम रहेको औल्याउँदै कफ्र्युसमेत लगाउन सकिनेछ । ‘अटेरी गरेपछि कफ्र्यु लगाएरै भए पनि लकडाउन पालना गराउनुपर्ने हुन्छ’, उनले भने ।  

जोखिमको मात्रा बढ्दै गएपछि विराटनगर महानगरपालिकासहितका केही स्थानीय तह र जिल्लाले फेरि केही समयका लागि लकडाउन घोषणा गरेका छन् । केन्द्र सरकारले पनि अवस्थाको मूल्यांकन गर्दै आवश्यक निर्णय लिने तयारी गरेको छ ।

काठमाडौं उपत्यकामा जोखिम बढ्दै गएपछि गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । साँझा ७ देखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाइएको हो ।  

कोभिड १९ संकट व्यवस्थापन केन्द्रका स्वास्थ्य संयोजक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार हाल नेपालमा फैलिरहेको संक्रमण जिल्ला स्तरमा समुदाय तहको हो । तर प्रदेश २ भने प्रदेश तहको संक्रमण भइरहेको देखिएको श्रेष्ठले बताए । यो तह पूरै समुदायमा जानुअघिको अवस्था हो । श्रेष्ठका अनुसार संक्रमण चार तहको हुन्छ ।  

नेपालसित जोडिएका भारतका विहार, उत्तर प्रदेश, पश्चिम बंगालगायतका प्रान्तमा संक्रमण बढेकाले मन्त्रालयले हरेक नागरिकलाई थप सचेत हुन आग्रह गरेको छ । शुक्रवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘सीमा नाकामा आवत–जावत नियन्त्रण हुन सकेको छैन, यसले अन्य जोडिएका जिल्ला पनि जोखिममा परेका छन् ।’  

समूहमा बस्ने बढी संक्रमित  
एकल परिवार या थोरै संख्यामा बस्नेको तुलनामा सामूहिक रुमपा बस्नेहरु बढी संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । समूहमा बस्नेहरु प्रहरी, स्वास्थ्यकर्मी र धेरै जनसम्पर्कमा बस्ने सेवाग्राही, कामदारमा सामूहिक रुपमा संक्रमण पुष्टि भएको तथ्यांकले औंल्याएका छन् ।  

लकडाउन खुकुलो भएपछि भारतबाट ओखलढुंगा पु-याइएका २१ जना कामदार सबैमा कोरोना पुष्टि भएको छ । हालै सामूहिक रुमपा बस्ने प्रहरीमा कोरोना पुष्टि भएको छ । शुक्रबार थप २१ प्रहरीमा कोरोना पुष्टि भएको हो । यसअघि ४८ प्रहरीम पहिल्यै पुष्टि भएको छ ।

प्रकाशित: १७ श्रावण २०७७ ०१:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App