२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा दुई सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार सात सय ८६ नमुना परीक्षण गर्दा  दुई सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । पछिल्लो २४ घन्टामा एक सय ५१ जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या १४ हजार तीन सय ९९ पुगेको छ । मन्त्रालयले थप चार जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रकाशित: १६ श्रावण २०७७ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App