१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बजारहरूमा मानिसको भिडभाडले बढायो कोरोनाको जोखिम

कलैया बजारमा देखिएको मानिसहरुको भिडभाड ।

केहि दिनदेखि छिमेकी जिल्ला पर्साको वीरगन्जमा लकडाउन रहेकै अवस्थामा कोरोना भाइरसको कारणले दिनहुँ जसो मानिसको मृत्यु भैरहेको घटना सार्वजनिक भएपनि बाराका बजारहरुमा मानिसहरुको भिडभाड बढेसँगै कोरोना भाइरसको जोखिम बढाएको छ।

सावधानी नअपनाई बजारमा मानिसको चहल पहल असाध्यै बढेको र कतिपय मानिस मास्क बिना नै बजार देखिने गरेको कारणले कोरोनाको जोखिम बढाएको हो। कोरोना भाइरसको संक्रमणलाई रोक्न विज्ञहरुले एक मानिससँग एक मिटर भन्दा बढीको दूरी बनाएर रहन सुझाव दिने गरेपछि अहिले भिडभाडले त्यसलाई बेवास्ता गरेको देखिएको छ।

बजारको भिडभाडमा कुनै एक कोरोना संक्रमित भएका मासिनले पुग्दा उसले अन्य मानिसलाई सजिलै असावधानीले संक्रमन फैलिन सकिने अवस्था रहेपनि बजारहरुमा मानिसहरुको चहलपहलले कोरोना संक्रमणको भयावह हुन सकिने डर समेत बढाएको गुनासो गरिएको छ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले समयमै यस विषयमा गम्भीर भएर लकडाउन लगाउन तर्फ ध्यान दिन जरुरी रहेको कलैयाका व्यवसायी रामु प्रसादले बताएका छन्। कलैया बजारमा आउने कतिपय मानिसहरु मास्क प्रयोग नगरेर नै आउने गरेको र एक मानिसले अर्को मानिससँग हात मिलाउने, नजिकै बसेर कुरा गर्ने लगाएतको लपरवाहीले गर्दा कोरोना संक्रमणको जोखिम बढाएको उनले बताए।

सरकारले कोरोनाबाट जोगिन आवश्यक स्वास्थ्य सावधानी अपनाएर उद्योग, कल कारखाना, पसल, डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरे पनि यसको बेवस्ता गर्दे मानिसहरु बजारमा निर्धक्क रुपमै देखिने गरेका छन्। जिल्लाको सदरमुकाम समेत रहेको कलैया, कोल्हवी, निगजढ, जितपुर, सिमरा, गंजभवानीपुर, सिम्रौनगढ र बरियारपुर लगाएतका बजारहरुमा सतर्कता नअपनाएर नै मानिसहरुको भिडभाड देखिएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बजारहरुमा मानिसहरुको चहलपहल बढेकोले र त्यसलाई नियन्त्रण गर्न लकडाउन लागू गर्न लागिएको बताएका छन्। मुख्य बजारहरुमा आइतबार बिहानैदेखि लकडाउन गर्न सम्बन्धी स्थानीय तह लगाएतका सरोकारहरुसँग छलफल सुरु गरिएको बताएका छन्।

केही दिनअधि जिल्ला प्रहरी कार्यालय बाराले कलैया बजार लगायत जिल्लाभरी मास्क नलगाउनेलाई पक्राउ गरी कोरोना महामारी बारे बिस्तृत जानकारी गराएर १ सय रुपैयाँ दण्ड जरिवाना गरी छोड्ने गरे पनि अहिले भने सो कार्य बन्द गरिएको छ।

प्रकाशित: १६ श्रावण २०७७ १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App