११ कार्तिक २०८१ आइतबार
image/svg+xml

गोरखाको आरुघाट र लक्ष्मीबजारमा फैलियो कोरोना

गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजार र आरुघाट गाउँपालिका–९ मा समुदायमा कोभिड–१९ को संक्रमण फैलिएको छ। लक्ष्मीबजारमा ब्यूटिपार्लर व्यवसाय सञ्चालन गर्दै आएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा थप तीन जनामा संक्रमण पुष्टि भएको हो।

कलैया अस्पतालका ८ सहित १० जनामा कोरोना संक्रमण पुष्टि

कलैया अस्पतालका चिकित्सक, कार्यालय सहयोगी, स्विपर गरि थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना अस्पतालमा थप एकको मृत्यु, स्वाब परीक्षण हुँदै

गण्डकस्थित नारायणी अस्थायी कोरोना बिशेष अस्पतालको आइसोलेसनमा उपचार गराई रहेका एक जना वृद्धको बिहीबार मृत्यु भएको छ ।

उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाको तीन जिल्लामा ८७ जना थपिएको बताएका छन् ।

पछिल्लो २४ घन्टामा ३६० जनामा कोरोना संक्रमण, २३३ डिस्चार्ज

पछिल्लो २४ घन्टामा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय २२ जनाको आरटि पिसिआर विधिबाट परीक्षण गर्दा ३ सय ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताप्लेजुङ पनि बन्यो कोरोना संक्रमणमुक्त जिल्ला

ताप्लेजुङ बिहीबार कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ । संक्रमित २ सहित ४२ जनाको पीसीआर परीक्षण गर्न उनीहरुको स्वाब प्रादेशिक अस्पताल बिराटनगर पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना पुष्टि : सिरहादेखि काठमाडौंसम्मको ट्राभल हिस्ट्री

सामाजिक विकास मन्त्रालयले बुद्यबार सार्वजनिक गरेको कोरोना संक्रमण पुष्टि भएकाहरूको बुलेटिनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक महिला र ७ पुरुष गरी ८ जना छन्। जसमध्ये प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी कार्यालयमा थप सावधानी अपनाइँदै

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रहरी कार्यालयमा थप सावधानी अपनाउन थालिएको छ। यसका लागि प्रहरी प्रधान कार्यालयले मेस र ड्युटी तालिका परिवर्तन गरेको छ।

एकैदिन पाँचको ज्यान गयो

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई, सर्लाहीकी एक र मोरङका दुईजना छन् । योसहित बुधबारसम्म देशभरिमा कोरोनाबाट ६३ जनाले ज्यान गुमाएका छन् ।

काेराेना संक्रमणका कारण एकैदिन पाँच जनाकाे मृत्यु

नेपालमा कोरोना भाइरसबाट एकैदिन पाँच जनाको मृत्यु भएको छ । यो मृत्यु अहिलेसम्मको धेरै हो । आजमात्र मोरङ र पर्सामा दुई/दुई जना र काठमाडाैंमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दाङमा पनि समुदाय स्तरमा कोरोना

दाङमा पनि समुदाय स्तरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । यसअघि सम्म बाह्य मुलुकबाट आएकाहरूमा मात्रै कोरोना संक्रमण देखिएको दाङमा पहिलो पटक समुदाय स्तरमा पनि कोरोना संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लाको गढवा गाउँपालिका–८ कोईलावासका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार काठमाडौंमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २१३९० पुग्यो

पछिल्लो २४ घन्टामा ६ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण गर्दा ३८१ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबारमात्र थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा २१ हजार ३ सय ९० जनामा संक्रमण पुष्टि भएको बताए ।

जोखिम हेरी रणनीति बनाऔं: देउवा, विरोधका लागि विरोध नगर्नुस्: ओली

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण जोखिमको अवस्था हेरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाउन सरकारलाई सुझाएको छ ।

कपिलवस्तुमा समुदायस्तरका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तुमा समुदायस्तरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कृष्णगनर नगरपालिकाका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । एक शिक्षक, दुई विद्यार्थी, एक एभरेष्ट बैंकका कर्मचारी र एक जना डिजे स्वाउन्ड व्यापारीमा कोरोना सक्रंमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्