coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना अस्पतालमा थप एकको मृत्यु, स्वाब परीक्षण हुँदै

गण्डकस्थित नारायणी अस्थायी कोरोना बिशेष अस्पतालको आइसोलेसनमा उपचार गराई रहेका एक जना वृद्धको बिहीबार मृत्यु भएको छ । सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेको ५६ वर्षीय पुरुषको बिहीबार बिहान करिब पौने ८ बजे मृत्यु भएको हो । मृतकको थ्रोट स्वाब संकलन गरेर नारायणी अस्पतालको पिसिआर परीक्षण प्रयोगशालामा पठाइए पनि रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।

पहिलेदेखि मधुमेह र मुटु सम्बन्धी रोगले पीडित रहेका वृद्धमा पछिल्लो समय स्वासप्रस्वासमा समस्या देखिएपछि कोरोनाको शङ्का लागेर उनलाई यस अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले जानकारी दिए अनुसार मंगलबार राती भर्ना भएका वृद्धको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बुधबार रातीदेखि आइसीयु कक्षको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । बुधबार नै उनको स्वाब परीक्षणको लागि पठाइएको बताइएको छ ।

प्रकाशित: २२ श्रावण २०७७ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App