coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कलैया अस्पतालका ८ सहित १० जनामा कोरोना संक्रमण पुष्टि

जिल्लामा कोरोना संक्रमितको संख्या २५९ पुग्यो

कलैया अस्पताल ।

कलैया अस्पतालका चिकित्सक, कार्यालय सहयोगी, स्विपर गरि थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बिहीबार सार्वजनिक गरिएको रिपोर्ट अनुसार कलैया अस्पतालका आठ जना, प्रसौनी र देवताल गाउँपालिकाका एक/एक गरी १० जना नयाँ संक्रमित थपिएको बताएका छन् ।

कलैया अस्पतालका मेडिकल सुपरिटेण्डेन विरेन्द्र मण्डलले बिहीबार सार्वजनिक गरिएको आठ मध्ये सात जना कोरोनाबाट संक्रमित भएको रिपोर्ट आए पनि एक जना शंकास्पद रहेको बताएका छन् । कलैया अस्पतालका ११ जना कोरोना संक्रमित भएपछि अस्पतालको प्रसुती सेवा बाहेक अन्य सेवाहरु बन्द गरिएको मण्डलले बताए । प्रसुती सेवामा काम गर्ने एक जनाको पनि कोरोना संक्रमण भएको रिपोर्ट आएपछि प्रसुती सेवा बन्द गर्ने की खुला गर्ने त्यसको बारेमा छलफल भइरहेको उनले बताए ।

बिहीबार थपिएका संक्रमितसहित जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या २ सय ९३ पुगेको बारा प्रहरीले जनाएको छ । संक्रमित मध्ये तीन जनाको ज्यान गएको छ भने एक सय ९३ जना निको भएर घर फर्किएका छन् । भने बाँकी ३२ जना उपचाररत रहेको गौतमले बताए ।

बुधबार मात्रै सिमरामा १७ जना, इलाका प्रहरी कार्यालय प्रसौनीका ५ जना प्रहरी र ८ जना पचरौता गाउँपालिकाका स्थानीय गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नारायणी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रकाशित: २२ श्रावण २०७७ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App