८ वैशाख २०८१ शनिबार
समाज

पछिल्लो २४ घन्टामा ३६० जनामा कोरोना संक्रमण, २३३ डिस्चार्ज

पछिल्लो २४ घन्टामा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय २२ जनाको आरटि पिसिआर विधिबाट परीक्षण गर्दा ३ सय ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । गौतमका अनुसार पछिल्लो २४ घन्टामा २ सय ३३ जना उपचारपछि निको भएर घर फर्केका छन् । यो संगै नेपालमा डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ । साथै नेपालमा ६५ जनाको मृत्यु भएको छ । 

प्रकाशित: २२ श्रावण २०७७ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App