७ आश्विन २०८१ सोमबार
image/svg+xml

उपत्यका प्रवेश गर्नेको नाकामै स्वाब संकलन

पूर्वी नाका साँगा हुदै उपत्यका छिर्ने मानिसहरूको पीसीआर परीक्षणको लागि नाकमा स्वाब संकलन गर्दै स्वास्थ बिभागबाट खटिएका स्वस्थाकर्मी । आइतबार बाट उपत्यका छिर्ने तिन नाका साँगा, नागढुंगा र फार्पिङमा भित्रिनेहरुको स्वाब संकलन गर्ने काम सुरु गरिएको हो।

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु

राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन गर्न रोल्पामा कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागले जिल्ला प्रसाशन कार्यालयमा कार्यालय स्थापना गरेको हो । प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाका अनुसार भोली सोमबार देखि नै विवरण संकलन सुरु गरिने छ ।

सवारी कारबाहीबाट २५ करोड राजस्व

गत आर्थिक वर्ष २०७६/७७ मा सवारीसाधन कारबाहीबाट २५ करोड १४ लाख १४ हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ । लापरबाही सवारी चलाउने, लेन क्रस गर्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही सो रकमबराबर राजस्व उठेको हो ।

एक वर्षमा १४ करोड ७५ लाख कर संकलन

करदाता सेवा कार्यालय खोटाङले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा करिब ५ करोड बढि कर संकलन गरेको छ ।

कोरोनाले राजस्व प्रभावित : लक्ष्यको ५७ प्रतिशत मात्रै संकलन

कोभिड-१९ महामारी र लकडाउनबाट विराटनगर भन्सार कार्यालयको राजस्व प्रभावित भएको छ । आर्थिक वर्ष २०७६/७७ मा निर्धारित लक्ष्यको ५७ दशमलव १३ प्रतिशत मात्रै राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

स्वाब संकलनमा खटिने जनशक्तिले थप प्रोत्साहन रकम पाउने

कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले स्वाब संकलनका क्रममा खटिने स्वास्थ्यकर्मीका लागि थप प्रोत्साहन रकम दिने निर्णय गरेको छ ।

रसुवा भन्सारको वार्षिक लक्ष्य पूरा भएन ८५.५२ प्रतिशत राजस्व संकलन

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रसुवा भन्सारले वार्षिक लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । करिब पाँच महिना रसुवागढी नाका बन्द हुँदा वार्षिक लक्ष्यको तुलनामा कम राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

पाँच वर्षमा आधा खर्ब पूर्वाधार कर संकलन

नेपाल आयल निगमले पाँच वर्षमा पूर्वाधार विकास करबापत ४८ अर्ब तीन करोड रूपैयाँ संकलन गरेको छ । सरकारले २०७२ सालयता पाँच वर्षको अवधिमा ४८ अर्ब रूपैयाँ संकलन गरेर राज्य कोषमा वितरण गरेको हो ।

नमुना संकलन सुस्त हुँदा संक्रमणको दर घट्यो

प्रदेश नं.५ मा क्वारेन्टिन र आइसोलेसनहरूमा भिड घटदै गएको छ । पिसिआर परीक्षण गर्ने प्रयोगशालाहरूमा नमुनाको चाँप कम छ । भारत तथा तेश्रो मुलुकबाट फकर्नेहरूको संख्या नगण्य छ । यस अघि क्वारेन्टिनमा बसेकाहरूलाई आरडिटि परीक्षण गरी घर पठाइएको छ । पिसिआर रिर्पोट पोजेटिभ आएकालाई पनि १४ दिन आइसोलेसनमा राखेर परीक्षण नगरी घर पठाइएको छ ।

प्रदेश २ : दिनको पाँच सय स्वाब संकलन, डेढ सय परीक्षण

प्रदेश २ मा स्वाब संकलनभन्दा परीक्षण निकै कम भइरहेको पाइएको छ । कोरोना संक्रमणको आशंकामा औसतमा दैनिक ५ सय जनाको स्वाब संकलन हुने यो प्रदेशमा डेढ सय नमुना मात्र परीक्षण भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

राजश्वमा निजी क्षेत्रको दाबी एउटा, तथ्यांक अर्कै

आयातीत सामानको परल मूल्यलाई कम गरी भन्सार राजस्व तिरेकै कारण धेरै व्यवसायीले बिलबिजक जारी गर्न सकेका छैनन्। यसले सामान आयात गर्नेदेखि उपभोक्तालाई बेच्ने तल्लो तहसम्मको सिंगो व्यापारलाई अपारदर्शी बनाएको छ।

लक्ष्य अनुसार राजस्व उठेन

चालु आर्थिक वर्ष ०७६/०७७ को बजेट कार्यान्वयनमा सरकार असफल भएको छ। राजनैतिक भागवण्डाका कारण बजेट कार्यान्वयन गर्न असफल सरकारले विभिन्न कारण देखाउँदै बजेट खर्च र साजस्व असुली लक्ष्य अनुसार गर्न नसकेकोमा चालु आवमा पनि सोही परम्परा दोहरिएको छ।

आरडिटी परीक्षण बन्द गरी पिसिआर परीक्षणको गति बढाउन सरकारलाई दवाव

भारतबाट फर्केर आएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमका विवेक बस्नेतको आरडिटी जाँच गर्दा केहीदिन अघि पोजेटिभ देखियो । विश्व स्वास्थ्य संगठनको नियम अनुसार २४ घण्टा भित्रमा उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्नुपथ्र्यो, तर दश दिनपछि मात्र उनको पिसिआर परीक्षण गरियो ।

५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङका तीन स्थानीय तहका ५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । हलेसी तुवाचुङ नगरपालिकाकाका ४८ जना, जन्तेढुंगा गाउँपालिकाका ४ जना र रावाबेँसी गाउँपालिकाका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

चैतयता राजस्व संकलन शून्य

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रसुवागढी नाका गएको माघ १५ गतेदेखि बन्द छ। नाका खोल्नका लागि व्यवसायीले पहल थालेका छन्। तर नाका कहिलेबाट खुल्छ भन्ने अझै निश्चित भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्