१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु

राष्ट्रिय परिचयपत्र बितरणका लागि बिबरण संकलनका बारेमा जानकारी लिदै प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला प्रसाशन कार्यालयको टोली । तस्बिर दिनेश नागरिक

राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन गर्न रोल्पामा कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागले जिल्ला प्रसाशन कार्यालयमा कार्यालय स्थापना गरेको हो । प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाका अनुसार भोली सोमबार देखि नै विवरण संकलन सुरु गरिने छ ।  

‘तत्काल नागरिकता लिन आउनेहरूको विवरण संकलन गर्न सुरु गर्छौं । बिस्तारै सबै नागरिकको विवरण राख्ने काम सुरु हुनेछ ।’ प्रमुख जिल्ला अधिकारी रानाले भने, ‘यसमा जैविक र व्यक्तिगत सबै विवरण समावेश रहन्छ ।’ राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पुर्ण विवरण हुने छ ।  

राष्ट्रिय परिचयपत्रमा एकिकृत रुपमा तथ्यांक भण्डारण हुने हुदा कसैलाई पनि अन्य सिफारिसको झञ्जटबाट मुक्त हुनेछन्। नेपालमा राष्ट्रिय परिचयपत्र भनिए जस्तै छिमेकि मुलुक भारतमा आधार कार्ड, मलेसियामा माई कार्डका नाममा यस्तो खाले प्रविधिको प्रयोग गरिएको छ । विश्वभर करिब एक सय बढि देशहरूमा एकिकृत रुपमा तथ्यांक रहने गरि यस्ता प्रकृतीको कार्ड प्रयोगमा आएको छ ।

प्रकाशित: १२ श्रावण २०७७ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App