१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राज्यका अंगहरूले जनताको पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस्ः प्रधानमन्त्री

महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ। आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ब्रिफिङ गरेका थिए।

महानगरपालिकामा पसल बन्द गराइदिनदेखि कोठा खालि गराउनेसम्मका उजुरी

काठमाडाै महानगरपालिका अन्तर्गत न्यायिक समितिमा अधिकांश उजुरीहरू पसलहरू बन्द गर्न, सटर खालि गरिदिन, कोठा खालि गराइदिन लगायतका रहेका छन्।

महत्त्वपूर्ण योजनामा युद्धस्तरमा काम गर्नुपर्छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी योजना र अन्य महत्त्वपूर्ण योजनाहरूमा युद्धस्तरमा काम गर्न निर्देशन दिएका छन्।

आयुर्वेद उपचारमा चेपाङ समुदाय

चितवनको इच्छाकामना गाउँपालिकामा रहेको ‘नागरिक आरोग्य सेवा केन्द्र’ प्रभावकारी बन्दै गएको छ। थेरापी तथा योग सेवाबाट निःशुल्क उपचार हुने भएपछि छोटो समयमा नै बिरामीको आक्रषर्ण बढ्दै गएको हो।

वर्षा प्रभावित इलाकामा नेपाली सेना खोज तथा उद्धार कार्यमा सक्रिय

पछिल्लो एक साता देखि देश भर वर्षाका कारण जनजीवन प्रभावित भएको छ।भारी वर्षाका कारण कहीँ बस्ती नै डुबानमा परेका छन त कहीँ बाढी पहिरोले आम जनता सास्तीमा परेका छ। यस्तो अवस्थामा नेपाली सेनाले खोज तथा उद्धार कार्यमा सक्रिय रुपमा लागि परेर आम जनताको जनजीवनलाई सहयोग गरिरहेका छन।

फिल्म ‘रावायण’ मा शिल्पा र कामेश्वर पनि अनुबन्धित

फिल्म ‘रावायण’मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएका छन्।

सरस्वतीलाई अमेरिकामा अवार्ड

अमेरिकी विदेशी मन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियन्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड-२०२३’ बाट सम्मान गरेका छन्।

तीन जिल्लाका साना किसानको सारथी फिस्लिङ तरकारी केन्द्र

धादिङको बेनिघाट रोराङ गाउँपालिका १० स्थित जोगिमाराका लोकनाथ डल्लाकोटीले व्यवसायीक रुपमा तरकारी खेत गर्न थालेको २० वर्ष पुग्यो। डल्लाकोटीले २ रोपनी बारीमा मौसम अनुसारको तरकारी लगाउँछन्। यतिखेर उनको बारीमा सिमी तयारी रहेका छन्। तर,उनलाई बजारीकरणको भने समस्या छ।

अव्यवस्थित बसोबासले उपत्यकामा डुबान

अविरल वर्षाका कारण मंगलबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परे। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्र डुबानमा पर्नुका साथै जताततै जलमग्न भयो। बढ्दो सहरीकरणसँगै अव्यवस्थित बसोबासका कारण डुबान बढेको विज्ञको बुझाइ छ।

नारायणघाट बुटबल सडकः काम अलपत्र पार्ने ठेकेदारलाई म्याद थप

सडक विभागले ठेक्का सम्झौता अनुसार काम नगर्ने नारायणघाट–बुटबल सडक खण्डको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङलाई कारबाही गर्नुको सट्टा उल्टै म्याद थप गरेर पुरस्कृत गरेको छ। सुरुआती ठेक्का सम्झौता अनुसार यो सडक खण्डको ठेक्का २०७९ साउन २२ गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने थियो।

मुग्लिन–मलेखु सडक विस्तार थालियो

मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ।आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो।

‘अप्रेसन आवर’ले कर्णाली मर्कामा

कर्णालीको हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालले जोडिएको छैन। हुम्ला पुग्न मात्रै होइन, दैनिक उपभोग्य वस्तुका लागि हवाई मार्ग एक मात्र विकल्प हो।

प्रधानन्यायाधीशबाट बिदा हुँदै कार्कीले भनेः गोलाप्रथा पेसीले बिचौलियामा छटपटाहट

करिब सात वर्षको न्याय सम्पादनसँगै प्रधानन्यायाधीशको समेत जिम्मेवारी पूरा गरेर हरिकृष्ण कार्की शुक्रबार सेवानिवृत्त भएका छन्। न्यायपालिकाका धेरै उतारचढावबीच न्यायाधीश हुँदै प्रधानन्यायाधीश बनेका कार्की सर्वोच्च अदालतबाट औपचारिक रूपमा बिदा भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्