७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

वर्षा प्रभावित इलाकामा नेपाली सेना खोज तथा उद्धार कार्यमा सक्रिय

पछिल्लो एक साता देखि देश भर वर्षाका कारण जनजीवन प्रभावित भएको छ।भारी वर्षाका कारण कहीँ बस्ती नै डुबानमा परेका छन त कहीँ बाढी पहिरोले आम जनता सास्तीमा परेका छ। यस्तो अवस्थामा नेपाली सेनाले खोज तथा उद्धार कार्यमा सक्रिय रुपमा लागि परेर आम जनताको जनजीवनलाई सहयोग गरिरहेका छन।

नेपाली सेनाले बारा जिल्‍लाको आदर्शकोतवाल गाउँपालिका १, चिउटाहास्थित गाउँ बस्तीमा जमुनि खोला पसी डुबान भएको इलाकामा बसोबास गर्ने स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्यो । त्यसैगरी  निजगढ नगरपालिका ८, कछहरिया टोलस्थित लाल बकैया खोलामा रहेको ड्याम पानीको बहाव बढी भई कटान गर्न शुरु गरेपश्चात् उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी समेतको सहकार्यमा  नेपाली सेनाले अस्थायी तटबन्ध निर्माण गरेकाे छ।

त्यसैगरी नेपाली सेनाले सर्लाही जिल्लाको धनकौल गाउँपालिका ४, मैनाथपुरमास्थित बागमती नदीको किनारमा आएको बाढीको कारण फसेका स्थानीयवासीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । त्यस्तै कौडेना गाउँपालिका, शिवनगर ७ मा डुबानमा परेका स्थानीयवासीको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेकाे छ।

त्यसैगरी कैलाली जिल्लाको कैलारी गाउँपालिका ७ स्थित कटैनी खोलामा आएको बाढीका कारण डुबानमा परेका बसन्ता,भुईयाफाँट र बडकी बसन्त इलाकामा रहेका स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेकाे छ।

नेपाली सेनाका अनुसार उनीहरुले दोलखा जिल्ला, विगु गाउँपालिका २ बासपानीस्थित तामाकोशी नदीको किनारमा माछा मार्ने क्रममा माथिबाट पहिरो खसेर पुरिएका एक जना स्थानीयवासीको शव तामाकोसी नदीको खोँचबाट निकाली नेपाल प्रहरीलाई बुझाइएको छ।

त्यसैगरी धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा कमला नदीको बहाव बढी तटबन्ध भत्काउन शुरु भएपश्चात् अन्य सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा अस्थायी तटबन्ध निर्माण गरिएको छ । त्यसैगरी, रौतहट जिल्ला, दुर्गा भगवती गाउँपालिका ४, भलोहिया पिपरा इलाकामा बागमती नदी प्रवेश गर्न सक्ने सम्भावना रहेकोले सो स्थानमा अस्थायी बाध निर्माण गरिएको नेपाली सेनाले जनाएको छ।

त्यसैगरी रौतहट जिल्लाको परोहा नगरपालिका ४ स्थित लालबकैया नदीको वीरङ्गवामा फसेका ३ जना स्थानीयवासी तथा मौलापुर नगरपालिका १ स्थित टिकुलिया इलाकामा सोही नदीमा आएको बाढीमा फसेका १४ वर्षीय बालकको उद्धार गरेकाे छ।

प्रकाशित: २६ श्रावण २०८० ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App