१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मनकामना अस्पतालमा अवैध गर्भपतन, बिरामीको मृत्युपछि साढे २७ लाख दिएर ढाकछोप

चितवनको मनकामना अस्पतालले सम्बन्धन प्राप्त नगरी गर्भपतन गराउने गरेको खुलेको छ। गर्भपतनका क्रममा चार महिने गर्भवतीको मृत्यु भएपछि सम्बन्धित निकायबाट सम्बन्धन नलिई गर्भपतन गराउने गरेको खुलेको हो।

सामान्य काम नै गण्डकी सरकारको सय दिनको उपलब्धि

गण्डकी प्रदेश सरकारको सय दिन सामान्य काममा बितेको छ। त्यसैले त हनिमुन पिरियडका रुपमा मानिने गण्डकी सरकारको एक सय दिनको उपलब्धिका रुपमा सामान्य कामलाई प्रमुख उपलब्धिका रुपमा उल्लेख गरिएको छ।

रूसी वैज्ञानिकहरु अन्टार्कटिकामा तरबुजा फलाउन सफल

रूसी अनुसन्धान कर्ताहरूले अन्टार्कटिकाको भोस्टोक स्टेशनमा आठ वटा तरबुज फलाउन सफल भएका छन्।

कामना बैंक र तुलसीकुञ्जइ भिलेजबीच व्यापार सम्झौता

कामना सेवा विकास बैंक र तुलसीकुञ्जइको एण्ड वाइल्ड भिलेज बीच मर्चेन्ट सम्झौता भएको छ।

कामना सेवा विकास बैंक र सन सेक्युरिटिजबीच सम्झौता

कामना सेवाविकास बैंकले सन् सेक्युरिटिजसँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ।

बलात्कार आरोपी इन्जिनियर पक्राउ

आफ्नै घरमा काम गर्ने युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख हरिकुमार पोखरेल पक्राउ परेका छन्।

डुवानाद्वारा व्यक्तिगत समयमा सुधार

नेपालकी डुवाना लामाले जापानको फुकुओकामा जारी २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छन्।

बार बर्दिया नगरपालिकामा असुली धन्धा

२०७१ सालमा जब्दी घाटको पुल उद्घाटन नहुँदै भासियो । केही वर्ष भासिएको पुल माथिबाट जनता हिँडे ।अघिल्लो वर्षको बाढीले पुल बगाएपछि जनता पुरानै नियतिमा फर्कन बाध्य छन् । तर,गाउँमा सिंह दरबार आउने आशामा निर्माण भएको तीन तहको सरकार मध्यमा स्थानीय सरकारमा जनप्रतिनिधि चुनिए पनि सर्वसाधारणलाई सुविधा दिन भन्दा असुली गरिरहेको आरोप छ।

दोहोरोपनाले बढ्यो व्ययभार

सार्वजनिक खर्च पुनरवलोकन आयोगको प्रतिवेदनले एउटै काम गर्ने दोहोरो संरचना हटाउन सुझाएको छ। प्रदेश र स्थानीय तहको कार्यक्षेत्रअनुसार त्यस्ता कार्यालय स्थानान्तरण गर्न प्रतिवेदन सुझाव प्रतिवेदनमा दिइएको थियो।

जनताका काममा खट्न महामन्त्री थापाको आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तामा रहँदा होस् वा नरहँदा जनताका काममा दिनरात खट्न कांग्रेसका जनप्रतिनिधि तथा नेतालाई आग्रह गरेका छन्।

जुम्लामा आगजनी गरेको आशङ्कामा १० जना प्रहरी नियन्त्रणमा

जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा भएका आगजनीमा संलग्न भएको आशङ्कामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।

मनाङमा यार्तुङ मेला सुरु

मनाङमा यार्तुङ ( घोडेजात्रा) पर्व सुरु भएको छ। यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए।

कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ।

सचिव राउतले कामकाज गर्न पाउने

सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेशसँगै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयलका सचिव कृष्णबहादुर राउतले कामकाज गर्न पाउनुहुने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्