कामना सेवाविकास बैंकले सन् सेक्युरिटिजसँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ।
सम्झौतापछि बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्नेछन्। उक्त सेवामार्फत् आफ्ना ग्राहकले सरल रूपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवा उपलब्ध गराएको बैंकले जनाएको छ।
प्रकाशित: १८ श्रावण २०८० ०२:३२ बिहीबार