१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कामना सेवा विकास बैंकको १२.१२ सार्वजनिक

कामना सेवा विकास बैंकले ग्राहकको कर्जाको लागि नयाँ ब्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ।

बैंकले आवासीय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारी साधन खरिद गर्दा बैंकले १२.१२ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ।

बैंकका अनुसार आवासीय घर निर्माणका लागि कर्जा लिँदा अधिकतम ३० वर्षको लागि डेढ करोड सीमाभित्र रहने गरी धितो मूल्याङ्कन गरिएको रकमको ६० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था राखिएको छ।

यस्तै सरल व्यापार कर्जामा धितो मूल्याङ्कन गरिएको रकमको ८० प्रतिशतसम्म मासिक ब्याज मात्र तिर्ने वा मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी कर्जा उपलब्ध हुने बैंकले जनाएको छ। त्यस्तै गरी विद्युतीय सवारी साधन खरिदमा खरिद मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बताए। बैंकले प्रवाह गर्ने यस्ता कर्जाहरू सम्पूर्ण कागजात पेश गरेको ३ दिनभित्रै स्वीकृत गरिसक्ने जनाएको छ।

कम ब्याजदरमा उक्त कर्जा सुविधा उपलब्ध गराइ आफ्ना ग्राहकलाई सशक्त बनाउने लक्ष्य बैंकको रहेको छ। पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोहीअनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न समेत आफ्ना देशव्यापी शाखाबाट सहज रूपमा कर्जा उपलब्ध गराउने भएको बैंकले जनाएको छ।

प्रकाशित: ७ श्रावण २०८० ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App