२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

निमा छ्योखोर्लिङ बौद्ध गुम्बा पुनर्निर्माणका लागि सहयोग रकम जुट्दै

ताप्लेजुङको फुङलिङस्थित निमा छ्योखोर्लिङ बौद्ध गुम्बा पुनर्निर्माणका लागि धमाधम सहयोग रकम जुट्न थालेको छ।

गुम्बा पुनर्निर्माणका लागि फुङलिङका व्यवसायी पाथीभरा हार्डवेयर सेन्टरका प्रोपाइटर कृष्णकुमार गुरुङ र मूना गुरुङले ५ लाख रुपैयाँ सहयोग गरेका छन्। जेष्ठ अगुवा भुवानीप्रसाद गुरुङ र सुखमाया गुरुङले नगद २ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग रकम प्रदान गरेको निमा छ्योखोर्लिङ बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए। भुवानी निमा छ्योखोर्लिङ बौद्ध गुम्बा व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत हुन्।

यस्तै भूपेन्द्र गुरुङ र गंगा गुरुङले १ लाख ११ हजार १११ रुपैयाँ, सिद्धार्थ इञ्जिनियरिङ वर्कसपका प्रोपाइटर ललित गुरुङले २ लाख, गंगाराम गुरुङ र सीमा गुरुङबाट २ लाख प्राप्त भएको अध्यक्ष गुरुङले जानकारी दिए। पुरानो र जीर्ण भएको बौद्ध गुम्बा पुनर्निर्माणका लागि ४ करोड १३ लाख रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिबेदन (डिपीआर) तयार भएको छ।

यो रकम तीनवटा मूर्ति, प्रवेशद्वार र गुम्बा परिसरमा रहने छ्योर्तेन बाहेकको रकम रहेको निमा छ्योखोर्लिङ बौद्ध गुम्बा व्यवस्थापन समितिले जनाएको छ।

प्रकाशित: १९ माघ २०८२ १३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App