१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मनाङमा यार्तुङ मेला सुरु

मनाङमा यार्तुङ (घोडे जात्रा) पर्व सुरु भएको छ। यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए।

‘लामाहरूले विशेष गरी लामाले नाचेर पर्व मनाउने गरिन्छ’, उनले भने, ‘यार्तुङ छोड्नु हुँदैन भनेर लाग्नुपर्ने अवस्था छ, सबै बसाइँ सर्ने गरेकाले पूजा गर्न छाडिसकिएको छ।’ सबै बसाइँसराइले माथिल्लो मनाङमा मात्रै मनाउने गरिएको उनले बताए।

यस पर्व पाँच दिन मनाउने प्रचलन छ। घोडेजात्रा सबैले खेती रोपिसकेपछि मनाउने गरिएको पर्यटन व्यवसायी विनोद गुरुङले बताए।

मनाङमा यार्तुङ (घोडे जात्रा) पर्व सुरु भएको छ। यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए।

‘घोडालाई भगवानको रूपमा नै पुजिन्छ, गाउँका सबैले घोडा पालिन्थ्यो, खेतीपाती लगाउने सिजन सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्त रूपमा पुजिने पर्व हो’, उनले भने,‘घोडा मनाङको विशेष महत्त्वको साधनको रूपमा लिइन्छ, यस पर्वले घोडालाई संरक्षण गर्न आवश्यक छ।’

बौद्धको भाषामा वर्षा याममा रोगव्याधिबाट संरक्षण गरिनु नै यसको मुख्य महत्त्व मानिने पर्यटन व्यवसायी गुरुङले बताए। यस पर्व मनाउने प्रचलनले यहाँ आउने पर्यटकलाई समेत आकर्षण गरेको छ। उनका अनुसार यस पर्वको माध्यमबाट मनाङको परम्परागत धार्मिक आस्थालाई समेत संरक्षण गरेको छ।

यस पर्वको माध्यमबाट गाउँ, समाज र मानिस बिचमा एक आपसमा सामाजिक सदभावको विकास गरिरहेको उनको भनाइ छ। मनाङ गाउँबाट मनाउन सुरु भएपछि मात्रै यार्तुङ अन्य स्थानमा सुरु गर्ने प्रचलन छ। यो पर्व पाँच दिन मनाउने गरिन्छ।

‘घोडालाई भगवानको रूपमा नै पुजिन्छ, गाउँका सबैले घोडा पालिन्थ्यो, खेतीपाती लगाउने सिजन सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्त रूपमा पुजिने पर्व हो’, उनले भने,‘घोडा मनाङको विशेष महत्त्वको साधनको रूपमा लिइन्छ, यस पर्वले घोडालाई संरक्षण गर्न आवश्यक छ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले रोगव्याधि नलागोस् भनेर परम्परागत रूपमा हुँदै आएको पूजाआजालाई निरन्तरता दिएको बताए।

उनले भने, ‘पहिलेको तुलनामा यस पर्वमा युवाको सहभागिता कम हुँदै गएको छ, तर पनि निरन्तरता दिइरहेका छौं।’

यस पर्वको आकर्षण बढ्दो भए पनि युवा विदेशिनु, अध्ययन, जागीर लगायतका कारणले युवा कम हुँदा सहभागिता घटेको उनले बताए।

‘यसले गर्दा यी सामाजिक मूल्य, मान्यताका पर्वलाई लोप हुन नदिन निरन्तरता भने दिइरहेका छौं’, उनले भने।

मनाङ गाउँबाट सुरु हुने यार्तुङ तल्लो मनाउने प्रचलन हटेको स्थानीय बताउँछन्।

उनले भने, ‘मनाङका वेशभूषा, संस्कृति, संस्कार र परम्पराको संरक्षण गर्नु हाम्रो कर्तव्य हो, हाम्रो संस्कृतिको माध्यमबाट पर्यटकलाई आकर्षण गर्न थप ऊर्जा मिल्छ।’

यहाँको संस्कृति अध्ययन तथा प्रवर्द्धनलाई भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

विगतको तुलनामा यस पर्वमा घोडा कम भएको उनले बताए। ‘पहिले घरघरमा दुई/तीन घोडा पालिन्थ्यो, हरेक ढुवानी तथा यातायातमा घोडाको प्रयोग गरिन्थ्यो, अहिले सवारीसाधन आएपछि घोडाको स्थान लियो, यसको कमी यार्तुङमा पनि देखिएको छ’, उनले भने।

सडक नपुगेको स्थानमा घोडा अझै पनि उत्तिकै महत्त्वपूर्ण छन् तर, सडक पुगेका स्थानमा कम हुँदै गएको छ।

पछिल्लो समय घोडा पाल्ने क्रम घटे पनि सडक नपुगेका स्थानमा घोडाको नै प्रयोग हुँदै आएको छ। समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल, जोखिमयुक्त पदमार्गको रूपमा रहेको अन्नपूर्ण पदमार्ग अन्तर्गतको (४५१६ मिटर) थोराङ्ला पास जान चाहने पर्यटकलाई पुर्‍याउन घोडा प्रयोग गरिन्छ। हिंड्न नसक्ने यात्रु तथा पर्यटकलाई घोडाको माध्यमबाट तिलिचो ताल, थोराङ्ला भञ्ज्याङसम्म पुर्‍याउने गरिएको छ।

विगतको तुलनामा यस पर्वमा घोडा कम भएको उनले बताए। ‘पहिले घरघरमा दुई/तीन घोडा पालिन्थ्यो, हरेक ढुवानी तथा यातायातमा घोडाको प्रयोग गरिन्थ्यो, अहिले सवारीसाधन आएपछि घोडाको स्थान लियो, यसको कमी यार्तुङमा पनि देखिएको छ’, उनले भने।

हालसम्म पनि सडक सञ्जाल नपुगेको नार्पाभूमि गाउँपालिकाका स्थानीयले मुख्यरुपमा घोडाको प्रयोग गर्ने गर्छन्। यहाँका स्थानीयले खाद्यान्न, घाँस, दाउरा, लेकबाट जडीबुटी संकलन, औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजान समेत घोडाको प्रयोग गरिँदै आएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुन्जो तेञ्जिङ लामाले बताए।  

प्रकाशित: ६ श्रावण २०८० ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App