६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लामा आगजनी गरेको आशङ्कामा १० जना प्रहरी नियन्त्रणमा

जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा भएका आगजनीमा संलग्न भएको आशङ्कामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार आगजनीमा संलग्न भएको आशङ्कामा उनीहरूलाई नियन्त्रण लिइ अनुसन्धान सुरु गरिएको हो। प्रहरीले पक्राउ परेकाको नाम भने सार्वजनिक गरेको छैन।  

गए राति अन्दाजी साढे २ बजेतिर गुठीचौरमा छ वटा घर, एक ट्याक्टर र  चन्दननाथ नगरपालिकामा एक घरमा अज्ञात समूहले आगजनी गरेको थियो। गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार गएराति धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक, माथिल्लो देहारजिबुरमा एक र खल्ला वडामा दुई गरी सात घरमा आगजनी भएको थियो। 

प्रकाशित: ६ श्रावण २०८० १५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App