२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘अप्रेसन आवर’ले कर्णाली मर्कामा

कर्णालीको हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालले जोडिएको छैन। हुम्ला पुग्न मात्रै होइन, दैनिक उपभोग्य वस्तुका लागि हवाई मार्ग एक मात्र विकल्प हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि लागु हुने गरेर ‘अप्रेसन आवर’ बाहेकको समयमा वायु सेवा कम्पनीलाई उडान अनुमति नदिने निर्णय गरेपछि त्यसको सोझो असर कर्णाली र दुर्गमक्षेत्रका जनतालाई परेको छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सडक सञ्जालले नछोएको हिमाली जिल्लामा प्राधिकरणले लागू गरेको ‘अप्रेसन आवर’ व्यवहारिक नभएको बताए।

‘अहिले नागरिक उड्डयन प्राधिकरणले जे निर्णय गरेको छ, त्यो नेपाली आकाशलाई सुरक्षित राख्ने मनसायले नै गरेको जस्तो लागेको छ,’ उनले भने, ‘तर, सोलोडोलो निर्णय गर्दा हिमाली र पहाडीक्षेत्रका नागरिकहरू मारमा पर्ने अवस्था आएको छ।’

प्राधिकरणका अनुसार हुम्ला विमानस्थलको अप्रेसन आवर (जहाज र हेलिकोप्टर उडाउन मिल्ने समय बिहान साढे ६ बजेदेखि साढे १२ बजेसम्म मात्रै हो। अहिले बर्खाको समय भएकाले विमानस्थल बिहान १० नबजी खुल्दैन्। यही समस्याका कारण पछिल्लो समय हुम्ला विमानस्थलमा उडान अत्यन्तै न्यून भइरहेको छ। कुनै दिन उडाननै हुँदैनन्।

हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सडक सञ्जालले नछोएको हिमाली जिल्लामा प्राधिकरणले लागू गरेको ‘अप्रेसन आवर’ व्यवहारिक नभएको बताए।

दिनभरि खाद्यान्न र गाउँगाउँबाट मानिस ओसार्ने हेलिकोप्टर अहिले कामविहीन भएका छन्। सिमकोट नागरिक उड्डयन कार्यालयका प्रमुख महेन्द्र सिंहका अनुसार १४ गतेयता आठ वटा मात्रै जहाज अवतरण भएका छन्।

‘यहाँ (हुम्ला) मा मौसम खुले बाटोमा बिग्रन्छ, बाटो खुले यहाँको मौसम बिग्रन्छ,’ उनले भने, ‘अझ अप्रेसन आवरभित्रै वायु सेवा कम्पनीले उडान गर्नुपर्ने बाध्यता रहेकाले हुम्लामा अहिले न्यून उडान भइरहेको छ।’ सिंहका अनुसार बर्खाको समयमा प्रायः १० बजेअघिसम्म मौसमले साथ दिँदैन्।

प्राधिकरणले हवाइजहाजसँगै हेलिकोप्टरलाई पनि सोही नियम लगाएको छ । हुम्ला सदरमुकाम सिमकोटसहित उपल्लो हुम्लामा यातायातका साधन नचल्ने भएकाले अनुदानमा गएको खाद्यान्न, नुनलगायतका व्यावसायिक सामग्रीहरू हेलिकोप्टरले कर्णाली करिडोरको स्यालतडीबाट ढुवानी गर्थे। यसका लागि सिमकोट विमानस्थलमा फिस्टेल र माउन्टेन एयरका दुई हेलिकोप्टर छन्। उनीहरू पनि साढे १२ बजेपछि उडान भर्न पाउँदैनन्।

‘खाद्यान्न ढुवानी गर्न, गाउँमा कोही बिरामी पर्दा यहाँका मानिसहरू प्रायः हेलिकोप्टर नै प्रयोग गर्छन्,’ उनले भने, ‘केन्द्रको निर्देशन अनुसार साढे १२ बजेपछि हामीले उडान रोकेकाले हेलिकोप्टर पनि दिनभरी विमानस्थलमै थन्किने गरेका छन्।’

दिनभरि खाद्यान्न र गाउँगाउँबाट मानिस ओसार्ने हेलिकोप्टर अहिले कामविहीन भएका छन्। सिमकोट नागरिक उड्डयन कार्यालयका प्रमुख महेन्द्र सिंहका अनुसार १४ गतेयता आठ वटा मात्रै जहाज अवतरण भएका छन्।

हुम्लामा मात्रै होइन् प्राधिकरणको निर्णयले कर्णालीका सुर्खेत र जुम्लाबाहेकका विमानस्थल सञ्चालनमा रहेका अरू जिल्लामा यसले सोझो असर पारेको छ। मुगु राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि बर्खाको समयमा यातायातका साधन सदरमुकाम गमगढीसम्म पुग्न पाउँदैनन् । बर्खामा यात्रा गर्नुपरे हवाई जहाज एक मात्रै विकल्प हो।

‘अप्रेसन आवर’ लागु भइसकेपछि मुगु विमानस्थलमा विमान पुगेका छैनन्। ‘बिरामी र विद्यार्थीलाई सबैभन्दा ठूलो समस्या भइरहेको छ,’ मुगु विमानस्थलका प्रमुख रोमन भट्टराईले भने, ‘अप्रेसन आवरमा यहाँ विमानस्थल खुल्ने संभावना धेरै कम हुन्छ।’

अप्रेसन आवरका कारण विमान नचल्दा रारा ताल घुम्न जानेहरू नेपालगञ्ज र सुर्खेतमै रोकिनु परेको छ।

मुगुको ताल्चा विमानस्थलमा अरू बेला बेलुका पाँच बजेसम्म उडान हुन्थ्यो। ताल्चा विमानस्थलमा विमान कुरेर धेरै मानिसहरू बसेका छन्। ‘बिरामी, वृद्धवृद्धा, विद्यार्थी र कर्मचारीहरू विमान कुरेर चार दिनदेखि बसिराख्नु भएको छ,’ उनले भने, ‘अप्रेसन आवरमा विमान आउने टुंगो नहुँदा समस्या भइरहेको छ।’

हुम्लामा मात्रै होइन् प्राधिकरणको निर्णयले कर्णालीका सुर्खेत र जुम्लाबाहेकका विमानस्थल सञ्चालनमा रहेका अरू जिल्लामा यसले सोझो असर पारेको छ।

डोल्पाको अवस्था पनि उस्तै छ। डोल्पाको दुबै विमानस्थलमा विमान अवतरण नभएको दुई साता पुग्न लागिसक्यो। गत वर्ष राष्ट्रिय सडक सञ्जालसँग जोडिएको डोल्पामा खाद्यान्नलाई लागि समस्या नभए पनि यात्रुहरू विमान नचल्दा मारमा परेका छन्। ‘हाम्रो त रन वेको पनि अवस्था राम्रो छैन्,’ मौसम राम्रो भए पनि हावाको बहाव दिउँसो धेरै हुन्छ,’ उनले भने, ‘यात्रुहरूलाई धेरै समस्या भइराखेको छ।’

प्रकाशित: २२ श्रावण २०८० ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App