सेता कमलका फूलहरु
रात र दिन भन्दैनौ तिमी एकतमास वार्डहरूमा कुदिरहन्छौ के जाडो के गर्मी सर्वदा फुलिरहन्छौ अस्पतालका साँगुरा वार्डहरूमा तिमी मायालु सेता कमलको फूल कहाँ छ तिमीलाई आराम कहाँ छ तिमीलाई समय आकाशको लम्बाइ ताराहहरूको गोलाइ आँखा तन्काई तन्काई नापिरहन ?