८ वैशाख २०८१ शनिबार
अन्य

हाम्री बैनी, हाम्रो भाइ

बालकविता

ज्ञाननिष्ठ ज्ञवाली

हाम्रा प्यारा भाइबैनी ऐले कता गए नि

पींपीं बाजा बजाउँछन् खेल्ने कुरा सजाउँछन्

हाम्रा प्यारा बैनीभाइ खुसी भए नाना पाई

ककनन पढ्दछन् सानो साइकल चढ्दछन्

हटहट घोडा गरेर काँधमाथि चढेर

भाइबैनी रमाउँछन् हाम्रो कपाल चलाउँछन्

बुबुपापा माग्दछन् भाउभाउ देखे भाग्दछन्

शरीर दुखे झी हुन्छ झी भएमा भाइ रुन्छ

हरहर नुहाउँछन् बाआमालाई भुलाउँछन्

तेते ताइताई गर्दछन् घाम ताप्न सर्दछन्

लिटी माम पकाउँला रोए भने फकाउँला

भोक लागे हाम गर्ने भाइबैनी मन पर्ने

स्कुलबाट आउनेछौं घरको लुगा लाउनेछौं  

बाआमालाई समाउलान् भाइबैनी रमाउलान् ।

प्रकाशित: ३१ असार २०७७ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App