१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml ३:४७ पूर्वाह्न
राजनीति

'हामी हाम्रा सपना मर्न दिने छैनौँ'

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरूको सपना मर्न नदिने बताएका छन्।

तराई-मधेस जागरण अभियानअन्तर्वत मङ्गलबार (आज) नवलपुरका विभिन्न स्थान पुगेर सहीद तथा बेपत्ता परिवारसँग भेटेपछि उनले यस्तो बताएका हुन्।

'जनतासँगको सम्बन्ध अझ बलियो बनाउँदै सङ्घर्ष र सपना सँगै साझा गर्दै अघि बढिरहेछौँ। हामी हाम्रा सपना मर्न दिने छैनौँ। हामी समाजवादी नेपालको स्थापना गरि छाड्नेछौँ,' उनले भनेका छन।

अगाडि उनले भनेका छन्, 'भावुकताको त्यो क्षणमा मैले यो समग्र अवधिको मानसिक दृश्यावलोकन गरेँ। यसैगरी कावासोतीमा शहीद तथा बेपत्ता परिवारजनसँग आत्मीय भेट भयो।देवचुली नगरपालिका कुजौलीमा थारू–दराइ समुदाय बसोबास गरेको बस्तीमा पुगेर राप्ती नदीको कटानले अतिक्रमण गरेको क्षेत्रको स्थलगत अनुगमन पनि गरियो।'

प्रकाशित: २ वैशाख २०८२ २१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App