१५ असार २०८१ शनिबार
image/svg+xml
कला

बाढीपहिरो

कविता

अनुराग सापकोटा

कक्षा –५ , ताराकुञ्ज सेकेण्डरी स्कुल, पोखरा –१३,कास्की ।

 

असारको अन्तिम हप्ता साउनको पैलो  

धेरै पानी पर्दा भयो नदीको जल मैलो  

देशभरिका ग्रामीण सडक भत्के ठाउँठाउँमा

अत्यावश्यक वस्तु अभाव भयो गाउँगाउँमा

 

पहाडतिर ठाउँठाउँमा पहिरा गए अरे

बाढी पस्दा तराईबासी पीडित भए अरे

नदीको भेलसँगै बगे थुप्रैका घर गोठ

भन्ने खबर सुन्दा सुके धेरैका मुख ओठ  

 

बाढीपहिरो नियन्त्रण जान्या भए गर्न

कसैलाई नि पर्दैनथ्यो अकालमै मर्न  

वृक्षरोपण गर्नुपरयो नाङ्गा पाखा खोजी

कुन ठाउँमा कुन बिरुवा हुर्कन्छ त्यो रोजी

 

खोलानदी छेउमा घर बनाउनु हुन्न

रूख काट्नलाई सहमति जनाउनु हुन्न

बर्खे भेलका कारण दुःख कसैलाई नहोस्

वातावरण जोगाउने ध्यान सबलाई रहेस्

 

पूरै देशलाई बाढीपहिरो मुक्त पार्न पाए

बाढीपीडित संख्यालाई तल झार्न पाए

कति खुसी हुन्थ्यो होला हाम्रो दुःखी मन

जोगिएको देख्न  पाए  हुन्थ्यो  धनजन ।

प्रकाशित: १२ श्रावण २०७७ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App