१५ असार २०८१ शनिबार
image/svg+xml
कला

तिम्रो खुसीमा

कविता

यो तिम्रो साम्राज्यमा
न्यायालयको कठघरामा उभ्याएर
कसैले तिमीलाई नसोध्ला  
सोध्यो नै भने पनि,
हातमा बाइबल समात्नु
र, मेरो बयान सुनाइदिनु–
तिमीले हतकडी लगायौ  
कंक्रिटको सडकमा पछा-यौ
तर पनि मैले तिम्रो इच्छामा
तिमीसँग प्रतिवाद गर्न मानिनँ।  

मैले तिम्रो खुसीमा
सास फेर्न पनि सकिनँ
मलाई यो भूमिमा  
तिम्रो अहंकार बोकेको अनुहार हेरेर  
बाँचिरहन पनि मन लागेन।

अंहको आगोले तिमी जलेको देखेर  
मैले मेरै राजीखुसीले  
तिम्रो खुसीमा  
मेरो सास बन्द गरिदिएको थिएँ।

तिमी बाइबल समातेर उभिएको बेला
न्यायालयमा यो पनि तिमीले नै सुनाइदिनु  
म निहत्था कहाँ थिएँ र ?
तिमीले नबुझेको हुनसक्छ  
सास बन्द हुँदै गर्दा म यो पनि भन्दै थिएँ–
यदायदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे।।  

प्रकाशित: १० श्रावण २०७७ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App