९ आश्विन २०८१ बुधबार
image/svg+xml

लागू औषधका फरार अभियुक्त पक्राउ

लागू औषधको मुद्दामा दोषी ठहर भए पनि ६ वर्षअघि देखि फरार भएका उदयपुरका एक अभियुक्त पक्राउ परेका छन् । लागू औषध कारोबारमा जिल्ला अदालत उदयपुरले २०७१ वैशाख १३ गते दुई महिना कैद र दुई हजार जरिवाना भराउने फैसला गरे पनि फरार रहेका त्रियुगा नगरपालिका १२ का २८ वर्षीय शोभित चौधरी पक्राउ परेका हुन् ।

भक्तपुरबाट नौ जुवाडे पक्राउ

भक्तपुर प्रहरीले नौ जुवाडेलाई नियन्त्रणमा लिएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा ९ फैढोकास्थित सरोज थापाले कुखुरा पालनका लागि बनाएको टहरामा तास खेलिरहेका उनीहरुलाई प्रक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

ज्यान मार्ने उद्योगमा एक युवा पक्राउ

दुई साताअघि इटहरीमा ग्यास सिलण्डर भण्डारणमा आगो लगाएर फरार रहेका एक युवालाई प्रहरीले पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।

५ वर्षदेखि फरार अभियुक्त पक्राउ

अदालतबाट दोषी प्रमाणित भए पनि फरार रहँदै आएका उदयपुरका एक अभियुक्त बिहीबार पक्राउ परेका छन् ।

गौतमबुद्ध विमानस्थलका कर्मचारी ४ लाख घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले विमानस्थल निर्माणका क्रममा स्थानीयलाई जग्गाको मुआब्जा दिलाई दिने भन्दै चार लाख घुस लिएका विमानस्थलका कर्मचारी सहित दुई जनालाई पक्राउ गरेको छ । गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र मतियारका रुपमा महेन्द्र प्रसाद यादवलाई मंगलबार दिउँसो एक बजे रंगेहात पक्राउ गरिएको हो ।

धनुषामा बलात्कार आरोपमा युवक पक्राउ

बलात्कारको आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन् । क्षिरेश्वरनाग नगरपालिका–३ की १८ वर्षीया दलित युवतीलाई सोमबार राति बलात्कार गरेको आरोपमा स्थानीय २६ वर्षीय कलाम राइनलाई प्रहरीले पक्राउ गरेको हो ।

बसभित्रै लुटपाट गर्ने समूहका चार जना पक्राउ

बसभित्रबाटै पैसा लुटपाट गर्ने समूहका चार जनालाईं इटहरी प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । चार दिनअघि इटहरीको पूर्वतर्फको चोकमा यात्रुबाहक बसमा धरान वडा नं. ५७ वर्षे डम्बरप्रसाद बास्तोलाको पैसा लुटपाट गर्ने समूहका चार जनालाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो ।

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एकजना अभियुक्तलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ किवाचोक गुण्डु बस्ने वर्ष २५ को अनिस पञ्चलाई पक्राउ गरेको हो ।

वृद्धाको हत्या अभियोगमा युवक पक्राउ

गोरखाको शहिदलखन गाउँपालिका–३ कि ७१ वर्षीया कृष्णकुमारी आलेको हत्या अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सोही वडाको डाँडागाउँका १७ वर्षका युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

स्रोत नखुलेको पैसा लिएर घर जाने क्रममा सुनसरीका वन प्रमुख पक्राउ

पैसा लिएर घर जाने क्रममा डिभिजन वन कार्यालय इनरुवा सुनसरीका प्रमुख रामबाबु साह शुक्रबार पक्राउ परेका छन् । वन प्रमुख साहलाई ५ लाख ५३ हजार रुपैयाँ रकमसहित रौतहट घर जाने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले पक्राउ गरेको हो ।

बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

मोरङको केराबारी गाउँपालिकाका एक वृद्धलाई प्रहरीले बिहीबार राति बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । केराबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूले अपांगता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

फरार दुई अभियुक्त पक्राउ

लागुऔषध र बहुविवाह आरोपमा दोषी सावित भए पनि वर्षौंदेखि फरार रहेका दुई अभियुक्तलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुलीका फरार अधियुक्त उदयपुरमा पक्राउ

६ महिनाअघि सवारी ज्यान मुद्दामा दोषी ठहर भएपनि फरार एक अभियुक्तलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । गत फागुन १२ गते सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ पलासेस्थित घटनाका सवारी ज्यानका फरार त्रियुगा नगरपालिका-२ मोथियाहीका २१ वर्षे अशोक भन्ने बाबुराम प्रधान बिहीबार पक्राउ परेका हुन् ।

बलात्कार भई शिशु जन्मेपछि पक्राउ !

बलात्कारको एक वर्षभन्दा बढी समयपछि प्रहरीले बलात्कारको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । रामेछाप खाँडादेबी गाउँपालिका वडा नं. ९ स्थायी घर भएका मोहनबहादुर भण्डारीका छोरा वर्ष २२ का राजेश भन्ने सुरेश भण्डारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी आरोपमा प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक, नाग्रेगगर्चे गाउँपालिका वडा ९ रुपकोट घर भई हाल भक्तपुर नगरपालिका वडा नं. २ बस्ने रामबहादुर भन्ने कृष्णबहादुर प्रधानलाई पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्