८ वैशाख २०८१ शनिबार
समाज

गौतमबुद्ध विमानस्थलका कर्मचारी ४ लाख घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले विमानस्थल निर्माणका क्रममा स्थानीयलाई जग्गाको मुआब्जा दिलाई दिने भन्दै चार लाख घुस लिएका विमानस्थलका कर्मचारी सहित दुई जनालाई पक्राउ गरेको छ । गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र मतियारका रुपमा महेन्द्र प्रसाद यादवलाई मंगलबार दिउँसो एक बजे रंगेहात पक्राउ गरिएको हो ।  

सेवाग्राहीलाई जग्गाको मुआब्जा दिलाउन सहजीकरण गरिदिने भनी घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार बुटवलको टोलीले निगरानी गर्दै जाँदा सिद्धार्थनगर नगरपालिका वडा नं ५ स्थित सेन्चुरी बैंक लिमिटेडबाट चार लाख नगद बुझिसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालले बताए  । उनीहरूको थप अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ ।

प्रकाशित: १३ श्रावण २०७७ १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App