५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

फरार दुई अभियुक्त पक्राउ

लागुऔषध र बहुविवाह आरोपमा दोषी सावित भए पनि वर्षौंदेखि फरार रहेका दुई अभियुक्तलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । बहुविवाह गरेको आरोपमा ९ वर्षदेखि फरार एकजना र ७ वर्षदेखि लागुऔषध आरोपमा फरार अभियुक्तहरु बिहीबार साँझ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बहुविवाह गरेको आरोपमा ९ वर्षअघि जिल्ला अदालतले दोषी करार गरे पनि फरार रहेका त्रियुगा नगरपालिका १६ का ३५ वर्षीय टंकबहादुर राईलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । उनलाई अदालतले १० महिना १२ दिन कैद तथा ५ हजार रुपैयाँ जरिवाना सजाय तोकेको छ ।

त्यस्तै लागुऔषध आरोपमा ०७० फागुन २५ गतेको अदालती फैसलाबाट अपराधी प्रमाणित भए पनि फरार रहेका चौदण्डीगढी नगरपालिका ६ सिर्वानीका २६ वर्षीय अमिर राईलाई पनि बिहीबारै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध अदालतले १३ दिन कैद सजायको फैसला सुनाएको छ ।

दुवैलाई विशेष सुराकीको आधारमा उनीहरुको घरैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउद्वयलाई फैसला कार्यान्वयनका लागि शुक्रबार विहान जिल्ला अदालतको जिम्मा लगाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीले बताए ।

प्रकाशित: ९ श्रावण २०७७ ०६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App